२०८३ असोज २५ गते आइतबार

गण्डकीका मुख्यमन्त्री खगराज भन्छन्ः सरकार चारै वर्ष टिक्छ

गण्डकीका मुख्यमन्त्री खगराज भन्छन्ः सरकार चारै वर्ष टिक्छ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत २७ गते मंगलबार ०५:५८

यो सरकारलाई असंवैधानिक भन्नु गलत भएको भन्दै निराश नभइ सरकारलाई सहयोग गर्न आग्रह

केहीदिनमै गण्डकी प्रदेश सरकारलाई पूर्णता दिने

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आफू नेतृत्वको गण्डकी प्रदेश सरकार चार वर्षसम्मै टिक्ने दाबी गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी एमाले पर्वतको दसौं जिल्ला अधिवेशनलाई आज कुश्मामा सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले अहिलेको नयाँ गठबन्धन कुनै हालतले छिन्नभिन्न नहुने भन्दै यो सरकार चार वर्षसम्मै टिक्ने दाबी गरे ।

फाइदाका लागि मात्र गठबन्धन गर्नु उचित नहुने भन्दै मुलुक बनाउनका लागि गठबन्धनमा सामेल भएका सबै दल एकजुट भएको उनको भनाइ छ ।

मुख्यमन्त्री अधिकारीले केही दिनमै गण्डकी प्रदेश सरकारले पूर्णता पाउने विश्वास व्यक्त गरे । उनले सरकारलाई पूर्णता दिएर विश्वासको मत लिने र आफूले विश्वासको मत पाउनेमा कुनै शंका नरहेको पनि उनको भनाइ छ ।

पृथ्वीसुब्बा गुरुङ नेतृत्वको पहिलो गण्डकी सरकारले थालेका अधुरा कामलाई आफूले पूर्णता दिने उनले बताए ।

‘समृद्ध प्रदेश सुखी प्रदेशवासी’ भन्ने मूल नारालाई पूर्णता दिन गण्डकी प्रदेश सरकारले अहोरात्र खटेर काम गर्ने उनको भनाइ थियो ।

संविधान अनुरुपनै नयाँ सरकार गठन भएकाले यसलाई असंवैधानिक भन्नु गलत भएको भन्दै उनले कार्यकर्तालाई निराश नभइ सरकारलाई सक्दो सहयोग र हौसला प्रदान गर्नसमेत आग्रह गरे ।

प्रकाशित मिति २०८० चैत २७ गते मंगलबार ०५:५८
हजुरको प्रतिक्रिया