पोखरा
गुरुङ समुदायले हर्षोल्लासका साथ ट्होंटे पर्व मनाएका छन् । मंगलबार भूत भगाउँदैै ट्होंटे पर्व मनाइएको होे ।
ट्होंटेको अवसरमा पोखरामा तमु धिं नेपालले साँस्कृतिक ¥याली निकालेकोे छ । तमु धिं नेपालको कार्यालयदेखि सुरु भएको ¥याली नयाँबजार, पृथ्वीचोक, सभागृहचोक हुँदैै सभागृहमा पुगेर कार्यक्रममा परिणत भयो ।
केटाकेटीदेखि बुढापाकासम्म ट्होंटेको उल्लास साट्दै साँस्कृतिक ¥यालीमा सहभागी बने । भूतप्रेतको भगाउने पर्वको रुपमा परिचित ट्होंटमा मौलिक संस्कार संस्कृति समेत प्रस्तुत गरिएको छ ।
ट्होंटे पर्व वर्षमा २ पटक मनाउने गरिन्छ । भूतप्रेत भगाउने र रोगब्याधी हटाउने विश्वासका साथ मनाउने ट्होंट खेती लगाउनु पहिले चैत्र महिनाको अन्तिम मंगलबार र खेती लगाएर सकेपछि साउन महिनाको अन्तिम मंगलबार मनाइन्छ ।
ट्होंका अर्थ राज्य र टे को अर्थ शत्रुहरु लखेट्ने यज्ञ हो । रोगब्याध, प्राकृतिक प्रकोपहरु नओस् भन्ने हिसाबले यो पर्व मनाइन्छ ।
गाउँका घरघरमा छिरेर घरभित्र भएका जति पनि नराम्रा शक्तिहरु हुन्छन् त्यसलाई निकालेर एकीकृत गाउँको दोबाटोमा लगेर बिर्सजन गर्ने अथवा गाडेर सेलाउने प्रचलनसमेत रहेको छ । तर, अचेत गाउँमा भन्दा बजार क्षेत्रमा सांकेतिक रुपमा हर्षोल्लासको साथ ट्होंटे मनाइन्छ ।
ट्होंटेको अवसरमा मंगलबार कास्कीका तीन स्थानीय तहले सार्वजनिक विदा दिएका छन् । मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाले सार्वजनि विदा दिएका हुन् ।
ट्होंटे कास्कीसँगै गण्डकीका गुरुङ समुदायले पनि मनाउने गर्छन । स्याङजाको फेदीखोला गाउँपालिकाले पनि ट्होंटेको अवसरमा स्थानीय विदा दिएको थियो ।
प्रकाशित मिति २०८० चैत २७ गते मंगलबार ०६:१६




