२०८३ साउन २१ गते बिहीबार

आलु महोत्सवमा विज्ञ–कृषक अन्तरक्रिया

आलु महोत्सवमा विज्ञ–कृषक अन्तरक्रिया

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत ३० गते शुक्रबार १०:४९

माटो तथा बाली संरक्षण विषयक अन्तरक्रियाकाबीच विज्ञहरुले उक्त कुरामा जोड दिएका हुन् ।

माटोलाई स्वास्थ्य राखे त्यसबाट बढी उत्पादन लिन सकिने चर्चा

 

पोखरा ।

१२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत बिहीबार माटोलाई स्वास्थ्य राखे त्यसबाट बढी उत्पादन लिन सकिने चर्चा गरिएको छ ।

माटो तथा बाली संरक्षण विषयक अन्तरक्रियाकाबीच विज्ञहरुले उक्त कुरामा जोड दिएका हुन् ।

कृषि अनुसन्धान निर्देशनालय लुम्लेको आयोजनामा भएको उक्त अन्तरक्रियामा धारणा राख्दै राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख, वरिष्ठ वैज्ञानिक डा.श्रीप्रसाद विष्टले माटोलाई जीवित राख्न त्यसमा रासायनिक नभई जैविक मलको उचित प्रयोग गर्नुपर्ने औँल्याए ।

माटोमा अम्लियपन बढी भयो भने सिचाईको प्रबन्ध मिलाउनु पर्दछ, समयसमयमा माटोको भौतिक, जैविक एवं रासायनिक जाँच पनि गर्नुपर्दछ, त्यसका साथै माटोको बनोट तथा त्यसमा रहेको सुक्ष्म खाध्य तत्वबारे पनि बेलाबेलामा ख्याल गर्नुपर्ने भन्दै प्रमुख डा.विष्ट माटोसँग प्रत्येक प्राणीको जीवन जोडिएको स्पष्ट पारे ।

राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम रुपन्देहीका संयोजक वरिष्ठ वैज्ञानिक डा. रोशन बस्नेतले गहुँमा सिन्दुरे तथा कालो पोके रोगको समस्या बढी रहेको सुनाउँदै नेपाल कृषि अनुसन्धान परिषद्ले सिफारिस गरेका बिउहरु मात्रै खेती गर्न किसानलाई सुझाव दिए ।

‘विभिन्न रोगहरुका कारण हाल उत्पादनमा ह्रास आइरहेको छ, त्यसका लागि कतिपय अवस्थामा बीउको उपचार गरेर पनि छर्नुपर्ने हुन्छ, उनले भने ।’

कार्यक्रममा वागवानी अनुसन्धान केन्द्र मालेपाटन प्रमुख वरिष्ठ वैज्ञानिक डा. सुनिल अर्यालले पनि कृषिको महत्वमाथि प्रकाश पारे । उनले फल कुहाउने औशाका कारण अमिलोजन्य कृषि उपजको उत्पादनमा आजकल कमी आइहेको स्पष्ट पार्दै त्यसका लागि उक्त फललाई नै व्यवस्थित ढङगले नष्ट गरे करिव ७० प्रतिशत समस्या समाधान हुने बताए ।

सो अवसरमा किसानले आलुबालीमा हुने अगौटे तथा पछौटे डडुवा, आलुमा प्वाल पर्ने समस्या, एजेरु रोग, रातो कमिला व्यवस्थापन, फौजी किरा, गोलभेडाँमा गवारो, पराग सेचन लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

बिहीबारसम्म २५ हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा १ हजार ४ सय १० घरपरिवारले आलु किनी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।

उनले हालसम्म १४ लाख बढीको आलु कारोवार भएको पनि बताए ।

महोत्सव अन्तर्गत आज विष्णु खत्री, ज्योति लोहोनी, माधव चापागाई, जीवन सिग्देल, माया केसी, छ्यवाङ लामा, ओम गुरुङ तथा अंकित एण्ड कुशल व्याण्डका प्रस्तुतिहरु रहने छ ।

त्यस्तै आज बाली तथा पशु स्वास्थ्य उपचार शिविर हुनेछ । यही बैशाख ५ गतेसम्म महोत्सव चल्नेछ ।

प्रकाशित मिति २०८० चैत ३० गते शुक्रबार १०:४९
हजुरको प्रतिक्रिया