पोखरा
पोखरामा वैशाख १० गतेदेखि दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला हुने भएको छ । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखरा सभागृहमा बैशाख १० गतेदेखि १२ गतेसम्म रोजगार मेला हुन लागेको हो ।
बेरोजगारलाई रोजगारसँग जोड्ने र कामदारको उपलब्धताका लागि साझा थलोको रुपमा विकास गरी रोजगार विनिमय प्रणाली विकास गर्न सहयोग पुराउने उद्देश्यका साथ रोजगार मेला आयोजना गरिएको मेलाका प्रचार प्रसार उपसमिति संयोजक अम्बिकाप्रसाद आचार्यले जानकारी दिए ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै उपसमिति संयोजक आचार्यले मेलाबाट बेरोजगारहरुलाई रोजगारको अवसर मिल्ने र रोजगारदातालाई दक्ष कामदार प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा राखे ।
मेलामा प्राविधिक शिक्षा व्यावसायिक तालिमका अवसरहरु, सीपहरुको प्रमाणीकरण, विभिन्न रोजगारीका अवसरहरुको बारेमा जानकारी साथै सहजीकरण, सफल उधमीका कथा मार्फत उद्यमशीलतका लागि अभिप्रेरणा, शैक्षिक एवम् नरप्रवद्र्धनात्मक अभ्यासहरुको प्रद्र्धशनी हुने आचार्यले सुनाए ।
मेलामा बेरोजगार र रोजगारदाताहरुको साझेदारको रुपमा साझा थलोको रुपमा विकास हुने दाबी गरे ।
प्रकाशित मिति २०८० चैत ३० गते शुक्रबार ०१:०७




