२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेशले जित्यो अन्तर प्रदेश क्रिकेटको उपाधि

गण्डकी प्रदेशले जित्यो अन्तर प्रदेश क्रिकेटको उपाधि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख १ गते शनिबार ०३:०२

गण्डकीले दिएको २०२ रनको लक्ष्य पछ्याएको मधेश १८ ओभर १ बलमा १६० रनमा समेटिएको हो ।

पोखरा
प्रथम बागमती प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष क्रिकेटतर्फको उपाधि गण्डकी प्रदेशले जितेको छ । चितवनमा भएको फाइनल खेलमा मधेश प्रदेशलाई ४१ रनले पराजित गर्दै गण्डकीले उपाधि जितेको हो ।

गण्डकीले दिएको २०२ रनको लक्ष्य पछ्याएको मधेश १८ ओभर १ बलमा १६० रनमा समेटिएको हो । मधेशका पवन सर्राफले १४ बलमा ३५ रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन । गण्डकीलाई जिताउन गण्डकीका अमृत गुरुङले एक्लैले ६ विकेट लिए । ३ ओभर १ बल बलिङ गरेका अमृतले १८ रन खर्चेर ६ विकेट लिन सफल भए । गण्डकीकै अंकित न्यौपानेले २ र कमल परियारले एक विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०१ रन बनाएको थियो । गण्डकीका सन्दीप खत्रीले ४७, करण पंगेनीले ४३ र दिनेश बुढामगरले ३३ रनको योगदान दिए । बलिङमा मधेशका विशाल पटेलले ३, रुपेश सिंह र रन्जित कुमारले २-२ विकेट लिए ।

प्रकाशित मिति २०८१ वैशाख १ गते शनिबार ०३:०२
हजुरको प्रतिक्रिया