२०८३ साउन २१ गते बिहीबार

पर्वतमा खुल्यो सुविधा सम्पन्न होटल

पर्वतमा खुल्यो सुविधा सम्पन्न होटल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख २ गते आइतबार ०२:११

पर्वतको जलजला गाउँपालिका–३ पर्वत बेनीमा सुविधा सम्पन्न ज्ञान गौरी प्यालेस होटल सञ्चालनमा आएको हो ।

म्याग्दी
म्याग्दी र मुस्ताङ घुम्न आउने पर्यटकलाई लक्षित गर्दै नयाँ होटल सञ्चालनमा आएको छ । पर्वतको जलजला गाउँपालिका–३ पर्वत बेनीमा सुविधा सम्पन्न ज्ञान गौरी प्यालेस होटल सञ्चालनमा आएको हो ।

व्यवसायी कृष्ण केसीले ३९ वटा कोठाको होटल सञ्चालनमा ल्याएका हुन् । होटलको १०२ जना पाहुनालाई राख्न सक्ने क्षमता रहेको छ । पर्यटकसँगै गोष्ठि, सभा समारोहलाई लक्षित गर्दै होटलमा लगानी गरेको सञ्चालक केसीले बताए ।

मुस्ताङ जाने आउने पाहुनाले बेनीमा बास नपाएर फर्किएको देखेपछि पोखराको व्यवसाय छोडेर पुरख्यौली जग्गामा होटल सञ्चालन गरेको उनको भनाइ छ । २०० जिप र बस पार्किङ मिल्ने सुविधा छ । सामान्य देखि स्तरीय पाहुनाको क्षमता र इच्छा अनुसारको कोठा, खानाका परिकारको सुविधा पाउनेछन् ।

ऐतिहासिक मल्लाजको काखमा रहेको होटलको कोठाबाट म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनी बजार आसपासको दृष्य अवलोकन गर्न सकिन्छ । हाल ७ रोपनी क्षेत्रफलमा संरचना बनाइएको छ ।

२३ रोपनी क्षेत्रफलमा ३० करोड रुपैयाँको परियोजना रहेको सञ्चालक केसीले बताए । होटल सञ्चालनमा आएपछि करिब ७०० जना क्षमताको बैंक्युट, स्विमिङ पुल र चिल्डे«न पार्क पनि बनाउने तयारी भइरहेको छ

प्रकाशित मिति २०८१ वैशाख २ गते आइतबार ०२:११
हजुरको प्रतिक्रिया