२०८३ साउन २१ गते बिहीबार

नेकपा (मसाल) द्वारा सरकारलाई दिएको समर्थन फिर्ता

नेकपा (मसाल) द्वारा सरकारलाई दिएको समर्थन फिर्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस ६ गते सोमबार ०७:५०

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ओली सरकारले गरेको संसदको...

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

सोमबार बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।

महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ओली सरकारले गरेको संसदको विघटन असंवैधानिक र अप्रजातान्त्रिक समेत भएको हुनाले हामीले विघटित संसदको पुनर्स्थापनाको लागि माग गर्ने र त्यसका लागि संघर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिएकाे छ ।

नेकपाको सरकारलाई दिएको समर्थन नीतिमाथि आधारित रहेको भन्दै मसालले अहिले ओली सरकारले लिएको असंवैधानिक र अप्रजातान्त्रिक कदमपछि समर्थन फिर्ता लिने निर्णय गरेको जनाएको छ ।

संसदीय व्यवस्था प्रतिक्रियावादी व्यवस्था भएकोले यसबाट देश र जनताको हितमा काम हुन नसक्ने पनि मसालले स्पष्ट पारेको छ। तर, गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता जस्ता प्राप्त सीमित अधिकारसमेत गुम्न नदिन वर्तमान संसदीय व्यवस्थाको रक्षा गर्नुपर्नेमा मसालको जोड छ ।

महामन्त्री सिंहले नेकपाको फुटले त्यो संगठनलाई मात्रै नभई सिंगो राष्ट्रलाई नै प्रभाव पार्ने आफ्नो पार्टीको विश्लेषण सही सावित भएको दाबी गर्दै विभिन्न साम्राज्यवादीहरूले देशभित्र गरिरहेको चलखेलप्रति सतर्क गराएका छन् ।

प्रकाशित मिति २०७७ पुस ६ गते सोमबार ०७:५०
हजुरको प्रतिक्रिया