पोखरा
विश्वकर्मा समाज नेपालमा नयाँ कार्यसमिति चयन भएको छ । विश्वकर्मा समाज नेपालको पोखरामा भएको चौथो अधिवेशनबाट रनबहादुर विश्वकर्माको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
जसको उपाध्यक्षमा शाकमान शदाशंकर, मञ्जु घिमिरे, बाबुलाल घिमिरे र बेलबहादुर सेन्चुरी, महासचिव लालसिंह घताने, सचिव सरण विश्वकर्मा, कोषाध्यक्ष वीरेन्द्र गदल सहित २१ कार्यसमिति निर्वाचित भएका छन् ।
अधिवेशनमा कलाकारिता क्षेत्रमा योगदान पुर्याउने ३ जनालाई सम्मान गरिएको छ । अधिवेशनमा सपना रसाइली गहतराज, किशोर सुनार र क्रिशिका घिमिरेलाइ दोसल्ला ओडाई सम्मान गरिएको हो । सपना सञ्चार क्षेत्रमा क्रियाशिल छिन् । किशोर सुपर भ्वाइस अफ त्रिवेणी सिजन १ का विजेता र सिजन २ का जर्ज हुन् । क्रिशिका घिमिरे सुपर भ्वाइस अफ त्रिवेणी सिजन २ का उपविजेता हुन् ।
अधिवेशनमा पोखरा महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष तोरणबहादुर वानिया रहेका थिए । उक्त कार्यक्रममा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो ।

प्रकाशित मिति २०८१ वैशाख ३ गते सोमबार ०२:१८