२०८३ साउन २१ गते बिहीबार

गीतकार प्रकट पंगेनी ‘शिव’ को स्वास्थ्यमा समस्या, मणिपालमा उपचार हुँदै

गीतकार प्रकट पंगेनी ‘शिव’ को स्वास्थ्यमा समस्या, मणिपालमा उपचार हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख ४ गते मंगलबार १२:००

उनको अहिले मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ‘ अवस्था जटिल छ । अहिले भेन्टिलेटरमा राखेर उपचार भइराखेको छ,’ पारिवारिक स्रोतले भन्यो ।

पोखरा
गजलकार तथा गीतकार प्रकट पंगेनी ‘शिव’ को स्वास्थ्यमा समस्या देखिएको छ । पारिवारिक स्रोतका अनुसार उनको स्वासप्रस्वासमा समस्या देखिएको हो ।

उनको अहिले मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ‘ अवस्था जटिल छ । अहिले भेन्टिलेटरमा राखेर उपचार भइराखेको छ,’ पारिवारिक स्रोतले भन्यो ।

पोखरामा रहेर गीत र गजललाई प्रमुख विधाका रूपमा पंगेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’ लाई गरी दुई गीत संग्रह प्रकाशित छन् । यसबाहेक प्रणयवेदका ऋचाहरू (गजल संग्रह) र अक्षरभरि अक्षता (कविता संग्रह) उनका प्रकाशित कृतिहरू हुन् ।

प्रकाशित मिति २०८१ वैशाख ४ गते मंगलबार १२:००
हजुरको प्रतिक्रिया