२०८३ असोज २५ गते आइतबार

श्रीमतीलाई खुकुरी प्रहार गरेको आरोपमा श्रीमान पक्राउ

श्रीमतीलाई खुकुरी प्रहार गरेको आरोपमा श्रीमान पक्राउ

डम्मर बुढामगर

@Public 4K Tv

२०८१ वैशाख ६ गते बिहीबार ०२:५८

बुधबार राती साढे १० बजेको समयमा स्कुटरमा हिडेकी दीपालाई बिच बाटोमा रोकेर श्रीमान अर्जुन खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी विजय यादवले जानकारी दिए ।

बागलुङ
बागलुङमा श्रीमतीलाई खुकुरी प्रहार गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

बागलुङ नगरपालिका–२ की दीपा आलेलाई खुकुरी प्रहार गरेको आरोपमा उनका श्रीमान अर्जुन बहादुर सार्कीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको हो ।

बुधबार राती साढे १० बजेको समयमा स्कुटरमा हिडेकी दीपालाई बिच बाटोमा रोकेर श्रीमान अर्जुन खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी विजय यादवले जानकारी दिए ।

खुकुरी प्रहारबाट घाइते भएकी दीपाको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ । श्रीमतीलाई खुकुरी प्रहार गरेपछि अर्जुनले आफुलाई पनि खुकुरी हानेको पाइएको डिएसपी यादवल बताए ।

घटनास्थलबाटै पक्राउ परेका अर्जुनको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ । दीपाका आफन्तले प्रहरीमा उजुरी दिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८१ वैशाख ६ गते बिहीबार ०२:५८
हजुरको प्रतिक्रिया