पोखरा ।
एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलका खेल आज हुँदैछन् ।
पहिलो सेमिफाइनमा नेपालले आज यूएईसँग खेल्दैछ ।
खेल ओमानको अल अमिरातमा बिहान पौने १२ बजे सुरु हुनेछ । समूह चरणमा नेपाल अपराजित रहेको छ ।
नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने युएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो ।
नेपालको समूहमा रहेका साउदी अरब, कतार, हङकङ र मलेसिया सबैसँगको खेलमा नेपाल विजयी भएको थियो ।
गएको संस्करणमा फाइनलमा प्रतिस्पर्धा गरेका नेपाल र यूएईले यो पटक सेमिफाइनलमै खेल्न लागेका हुन् ।
यस्तै अर्को सेमिफाइनलमा ओमान र हङकङबीच खेल हुनेछ । ओमान र हङकङबीचको खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ ।
आजको खेलमा विजेता टोली फाइनलमा पुग्नेछन् । तेस्रो स्थानको खेल भोलि र फाइनल खेल आइतबार हुनेछ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ ।
प्रकाशित मिति २०८१ वैशाख ७ गते शुक्रबार ०८:५६