२०८३ साउन २१ गते बिहीबार

आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख १५ गते शनिबार ०८:२७

जिल्लाको तमानखोला गाउँपालिका–२ सिल्गुममा आगालगी हुँदा स्थानीय ४८ वर्षीय देवसिंह कामीको मृत्यु भएको हो भने सोही ठाउँका ३१ वर्षीय ज्ञानबहादुर बुढा मगर र ३३ वर्षीय प्रेमबहादुर घर्ती मगर घाइते भएका हुन् ।

डम्मर बुढा मगर

बागलुङ ।

बागलुङमा आगलागीमा परि एक जानको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्लाको तमानखोला गाउँपालिका–२ सिल्गुममा आगालगी हुँदा स्थानीय ४८ वर्षीय देवसिंह कामीको मृत्यु भएको हो भने सोही ठाउँका ३१ वर्षीय ज्ञानबहादुर बुढा मगर र ३३ वर्षीय प्रेमबहादुर घर्ती मगर घाइते भएका हुन् ।

शुक्रबार बिहानदेखि सिल्गुम स्थित रानीवन सामुदायिक वनमा लागेको आगो नियन्त्रणका वनमा पुगेका कामीको आगोको लप्कोले एक्कासी भेट्दा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार सुनारले जानकारी दिए ।

११ बजेदेखि वेपत्ता हुनु भएका कामीको दिउसो २ बजे मात्रै शव फेला परेको उनको भनाइ छ ।

घाइते बुढा मगर र घर्ती मगरलाई उद्धार गरि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको प्रहरी निरीक्षक सुनारले बताए ।

घाइते दुई जनाको शरीरका विभिन्न अंगहरु जलेको उनले जानकारी दिए ।

शवलाई उद्धार गरि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गरेको सुनारले बताए । आगलागीमा परि एक घर र दुई गोठ नष्ट भएको उनको भनाइ छ ।

प्रकाशित मिति २०८१ वैशाख १५ गते शनिबार ०८:२७

हजुरको प्रतिक्रिया