२०८३ असोज २५ गते आइतबार

वेष्ट इन्डिज ‘ए’ माथि नेपालको रोमाञ्चक जित

वेष्ट इन्डिज ‘ए’ माथि नेपालको रोमाञ्चक जित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख १५ गते शनिबार ०४:११

वेष्ट इन्डिज ‘ए’ ले दिएको २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

पोखरा
टी–२० सिरिजको पहिलो खेलमा नेपालले वेष्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको छ । वेष्ट इन्डिज ‘ए’ ले दिएको २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट शतक प्रहार गरे । उनले ५४ बलमा ११२ रन बनाएर आउट । दीपेन्द्रसिंह ऐरी २४, कुशल मल्ल १६, कुशल भुर्तेल १६, विवेक यादव ७ र अनिलकुमार शाह ५ रनमा आउट भए । गुल्सन झा ९ र प्रतिश जिसी ५ रनमा अविजित रहे । अन्तिम ओभरमा ९ रन आवश्यक थियो ।

प्रतिश र गुल्सनले पहिलो र दोस्रो ओभरमा एकएक लिए । तेस्रो र चौथो बलमा गुल्सनले लगातार चौका प्रहार गर्ने नेपाललाई जिततर्फ दोहोराए । बलिङमा वेष्ट इन्डिज ‘ए’ का म्याथ्यु फोर्ड र ओबेद मकोएले दुईदुई र किमो पलले एक विकेट लिए ।

प्रकाशित मिति २०८१ वैशाख १५ गते शनिबार ०४:११
हजुरको प्रतिक्रिया