२०८३ साउन २१ गते बिहीबार

पोखरा स्पोर्टस अवार्डः उत्कृष्ट तीन मनोनयन सार्वजनिक

पोखरा स्पोर्टस अवार्डः उत्कृष्ट तीन मनोनयन सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख १७ गते सोमबार ०२:४५

वर्ष उत्कृष्ट खेलाडी पुरुष र महिलाका विजेताले इलेक्ट्रिक स्कुटर र ट्रफी प्राप्त गर्ने मञ्चका अध्यक्ष दिननाथ बरालले जानकारी दिए ।

पोखरा

पोखरा स्पोर्टस अवार्डको मनोनयन सार्वजनिक गरिएको छ । वैशाख २८ गते आठौं संस्करणको पोखरा स्पोर्टस अवार्ड हुँदैछ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार पत्रकार सम्मेलन गर्दै चार विधामा उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरेको होे ।

बर्ष खेलाडी पुरुषको मनोनयनमा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदिप खड्का र भलिबलका हिमाल सुनारी परेका छन् ।

बर्ष खेलाडी महिलामा आर्चरीकी अनुष्का शेरचन, भलिबलकी अरुणा शाही, आइटिएफ टेक्वान्दोकी सुस्मिता थापामगर छनोट भएका छन् ।

उदयमान खेलाडीमा क्रिकेटकी ज्योत्सीका मरासिनी, ब्याडमिन्टनकी दिलासा राना र एथलेटिक्सका बादल कार्की अटाएका छन् ।

उत्कृष्ट प्रशिक्षकमा टेनिसका निरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु मनोनयनमा परेका हुन् ।

वर्ष उत्कृष्ट खेलाडी पुरुष र महिलाका विजेताले इलेक्ट्रिक स्कुटर र ट्रफी प्राप्त गर्ने मञ्चका अध्यक्ष दिननाथ बरालले जानकारी दिए ।

उनका अनुुसार उदयमान खेलाडी र प्रशिक्षकलाई ३५ हजार रुपैयाँकोे साथमा ट्रफी प्रदान गरिनेछ ।

एक जना खेलकुदकर्मी लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुनेछन् ।

लाइफटाइम अचिभमेन्ट अवार्ड विजेतालाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । वर्ष उत्कृष्ट खेल पत्रकारलाई पनि अवार्ड प्रदान गरिनेछ ।

लाइफटाइम अचिभमेन्ट अवार्ड र बर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड बैशाख २७ गते सार्वजनिक गरिनेछ ।

सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडी क्रिकेटका करण केसी र फुटबलका सावित्रा भण्डारी घोषित भएका थिए ।

उदीयमान खेलाडीको अवार्ड क्रिकेटका सुवास भण्डारी र वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ आर्चरीका किशोरकुमार गुरुङले बाजी मारेका थिए ।

प्रकाशित मिति २०८१ वैशाख १७ गते सोमबार ०२:४५
हजुरको प्रतिक्रिया