२०८३ असोज २५ गते आइतबार

टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख १९ गते बुधबार ०८:०८

क्यानले रोहित पौडेलको नेतृत्व टी-२० विश्वकप खेल्ने १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

पोखरा
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ ।
क्यानले रोहित पौडेलको नेतृत्व टी-२० विश्वकप खेल्ने १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

टोलीमा कप्तान रोहित पौडेलसहित आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा र सोमपाल कामी छन् । करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, ललित राजवंशी, सागर ढकाल र कमलसिंह ऐरी र अनिलकुमार शाहले पनि विश्वकप खेल्ने टोलीमा स्थानमा बनाएका छन् ।

टी-२० विश्वकपकमा नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । नेपालले पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालले १२ जुनमा श्रीलंकासँग खेल्नेछ । १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा नेपालले बंगलादेशसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके नेपालले सुपर ८ मा स्थान बनाउनेछ ।

प्रकाशित मिति २०८१ वैशाख १९ गते बुधबार ०८:०८
हजुरको प्रतिक्रिया