२०८३ असोज २५ गते आइतबार

पोखरामा पहिलोपटक सिडिओ कप ब्याडमिन्टन प्रतियोगिता हुँदै

पोखरामा पहिलोपटक सिडिओ कप ब्याडमिन्टन प्रतियोगिता हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख १९ गते बुधबार ०८:१३

जिल्ला प्रशासन कार्यालय कास्कीको संरक्षकत्वमा कास्की जिल्ला ब्याडमिन्टन संघले प्रतियोगिता आयोजना गरेको हो ।

पोखरा
पोखरामा पहिलोपटक सिडिओ कप अल नेपाल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको संरक्षकत्वमा कास्की जिल्ला ब्याडमिन्टन संघले प्रतियोगिता आयोजना गरेको हो । पोखरा रंगशालाको ब्याडमिन्टन कोेर्टमा शुक्रबार र शनिबार खेल हुनेछ । ६ विधामा प्रतिस्पर्धा हुने कास्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष शुशिलकुमार श्रेष्ठले जानकारी दिए ।

निजामति सेवाका उपसचिव वा सो भन्दा माथिल्लो तहका पुरुष कर्मचारीबीच खुला डबल्समा प्रतिस्पर्धा हुनेछ । विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । जनप्रतिनिधिबीच पुरुष खुला डबल्सको विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

उनका अनुुसार ४५ वर्षमाथिको उमेर समूहमा खुल्ला पुरुष डबल्समा प्रतिस्पर्धा हुनेछ । यो विधाको विजेताले ४० हजार, उपविजेताले २५ हजार र तेस्रोले २४ हजार रुपैैयाँ हात पार्नेछ । नेपाल शीर्ष २० तथा विनाविभागीय खुल्ला पुरुष डबल्सको विजेताले ४० हजार, उपविजेताले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ मार्फत पुरस्कृत हुनेछन् ।

१५ वर्षमुनिको महिला खुला सिंगल्स विधामा पनि प्रतिस्पर्धा हुने भएको छ । यो विधाको विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार रुपैयाँ पाउने आयोजकले जानकारी दिएको छ । पोखरालाई खेलकुद पर्यटनको राजधानी सहरको रुपमा विकास गराउन सहयोग पुग्ने आयोेजकको विश्वास छ ।

प्रकाशित मिति २०८१ वैशाख १९ गते बुधबार ०८:१३
हजुरको प्रतिक्रिया