२०८३ साउन २१ गते बिहीबार

नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको टि–२० शृंखलाको चौथो खेल आज

नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको टि–२० शृंखलाको चौथो खेल आज

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख २० गते बिहीबार ०९:२६

तीन खेलमा दुई खेल गुमाइसकेको नेपालले सिरिज आफ्नो पक्षमा पार्ने सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाब छ ।

 

पोखरा ।

नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको टि–२० शृंखलाको चौथो खेल आज हुँदैछ ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ ।

पाँच खेलको टी–२० शृंखलाका लागि नेपाल भ्रमणमा आएको वेष्ट इण्डिज २–१ ले अगाडि छ ।

दोस्रो खेलमा घरेलु टिमलाई १० रनले र बुधबार भएको तेस्रो खेलमा ७६ रनले पराजित गरेको थियो ।

पहिलो खेलमा भने नेपालले चार विकेटको जित निकालेको थियो ।

तीन खेलमा दुई खेल गुमाइसकेको नेपालले सिरिज आफ्नो पक्षमा पार्ने सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाब छ ।

यी दुईबीचको पाँचौँ तथा अन्तिम खेल शनिबार हुनेछ ।

आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपाल र वेष्ट इण्डिजबीच मैत्रीपूर्ण खेल भइरहेको हो ।

आईसीसी टी–२० विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ ।

आगामी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यो समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन् ।

वेष्ट इण्डिज समूह ‘सी’ मा छ । यो समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगाण्डा छन् ।

प्रकाशित मिति २०८१ वैशाख २० गते बिहीबार ०९:२६
हजुरको प्रतिक्रिया