२०८३ असोज २५ गते आइतबार

बागलुङमा आगलागी : एक जना घाइते, पाँच घरगोठ जलेर नष्ट

बागलुङमा आगलागी : एक जना घाइते, पाँच घरगोठ जलेर नष्ट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख २० गते बिहीबार ०९:३१

घाइते पौडेललाई धौलागिरी अस्पताल बागलुङमा लगिएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए ।

डम्मर बुढा मगर

बागलुङ ।

बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ जलेर नष्ट भएका छन् ।

जिल्लाको बागलुङ नगरपालिका–१२ डाँडाखेतमा स्थानीय दधिराम पौडेल र यदुनाथ पौडेलको घर गोठ जलेर नष्ट भएको हो ।

आगलागीमा परि दधिराम पौडेल घाइते भएका छन् ।

घाइते पौडेललाई धौलागिरी अस्पताल बागलुङमा लगिएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए ।

हिजो दिउसो दुई बजे डाँडाखेत सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा घर गोठ जलेको उनको भनाइ छ ।

गोठ जल्दा पाँच वटा गाई, पाँच बाख्रा मरेको उपप्रमुख खड्काले बताएका छन् । सामुदायिक वनमा लागेको आगोले डाँडाखेत गाउँनै जोखिममा रहेको उनको भनाइ छ ।

प्रकाशित मिति २०८१ वैशाख २० गते बिहीबार ०९:३१
हजुरको प्रतिक्रिया