पोखरा
आगलागीबाट क्षति भएको नैना दोहोरी साँझलाई आर्थिक सहयोग प्राप्त भएको छ ।
पोखराको सिर्जनाचोेकमा सञ्चालित दोहोरी साँझलाई पोखरा लोकदोहोरी रेष्टुरेन्ट व्यवसायी संघले सहयोग गरेको हो ।
संघको पहलमा संकलित २ लाख ११ हजार ६१० रुपैयाँ अध्यक्ष विनोद श्रेष्ठले दोहोरी साँझका सञ्चालक विष्णु आचार्यलाई हस्तानतरण गरे ।
अध्यक्ष श्रेष्ठले व्यवसायीको पीर मर्कामा एकअर्काले सहयोग गर्नुपर्ने बताए ।
नैनाका सञ्चालक आचार्यले आफ्नो पीडामा संघले मलम लगाउने काम गरेको बताइन् ।
राष्ट्रिय लोकदोहोरी व्यवसायी संघबाट ५५ हजार ५५५ रुपैयाँ, नेपाल राष्ट्रिय लोकदोहोरी व्यवसायी संघबाट ५० हजार रुपैयाँ, नेपाल रात्रिकालीन मनोरञ्जन व्यवसायी संघ कोटेश्वरबाट ५१ हजार रुपैयाँ, रात्रिकालिन मनोरञ्जन व्यवसायी संघ चाबहिलबाट २० हजार रुपैयाँ, पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघबाट २५ हजार रुपैयाँ, गोधुली दोहोरी साँझ बुटवलका सञ्चालक राम न्यौपानेबाट ५ हजार रुपैयाँ, मादी सेती दोहोरी साँझ दमौलीका सञ्चालक सुभद्रा श्रेष्ठबाट ५ हजार ५५ रुपैयाँ सहयोग गरेका हुन् ।
प्रकाशित मिति २०८१ वैशाख २१ गते शुक्रबार १०:००




