२०८३ साउन २१ गते बिहीबार

‘मुख्यमन्त्रीको पिए’ भन्दै जहाजको टिकट ठगी गर्ने युवक पक्राउ

‘मुख्यमन्त्रीको पिए’ भन्दै जहाजको टिकट ठगी गर्ने युवक पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख २७ गते बिहीबार ०७:४९

पोखरामा मुख्यमन्त्रीको पिए भन्दै जहाजको टिकट ठगी गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३१ बस्ने २८ वर्षीय सुवास कार्की रहेका छन् ।

पोखरा
पोखरामा मुख्यमन्त्रीको पिए भन्दै जहाजको टिकट ठगी गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३१ बस्ने २८ वर्षीय सुवास कार्की रहेका छन् ।

वडा प्रहरी कार्यालय बैदामको टोलीले काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयसँग समन्वयमा बुधबार काठमाडौंबाट पक्राउ गरेको हो ।

सुवासले ‘म मुख्यमन्त्रीको पिए हुँ । तुरुन्तै पोाखरा काठमाडौं र काठमाडौं नेपालगञ्जको टिकट बुक गरिदिनुहोस् । पैसा म क्युआर कोडमार्फत पठाइदिन्छु’ भनेर ठगी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए ।

बैशाख २० गते लेकसाइडको एके टुर्स एण्ड ट्राभल्स प्रालिमा फोन गरेर टिकट काट्न लगाइ पैसा नदिएपछि प्रहरीमा उजुरी परेको थियो ।

उनी विरुद्ध अन्य दुईवटा ठगीको मुद्वामा पनि परेको छ । टिकट ठगी गरेर अरुलाई नै विक्री गर्ने गरेको खुलेको डिएसपी शर्माले बताए ।

अपराधिक विश्वासघात तथा अपराधिक लाभ सम्बन्धि मुद्वामा जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप भइ अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

प्रकाशित मिति २०८१ वैशाख २७ गते बिहीबार ०७:४९
हजुरको प्रतिक्रिया