२०८३ असोज २३ गते शुक्रबार

आज गण्डकी प्रज्ञा–प्रतिष्ठानको स्थापना दिवस, सात श्रष्टालाई सम्मान गर्दै

आज गण्डकी प्रज्ञा–प्रतिष्ठानको स्थापना दिवस, सात श्रष्टालाई सम्मान गर्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख २९ गते शनिबार १०:०७

पना दिवसको अवसरमा प्रतिष्ठानले गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टालाई सम्मान गर्न लागेको छ ।

 

पोखरा ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानले आज आफ्नो तेस्रो स्थापना दिवस विविध कार्यक्रम गर्दै मनाउँदै छ ।

प्रज्ञा प्रतिष्ठानको भानु हलमा दिउँसो २ बजे विशेष कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाउन लागेको हो । कार्यक्रमको प्रत्यक्ष प्रशारण पब्लिक फोरके टेलिभिजनबाट हुनेछ ।

वार्षिकोत्सबको अवसरमा श्रष्टा स्मृति पार्कको उद्घाटन तथा प्रतिष्ठान स्थापनादेखि हालसम्मको तीन वर्षे गतिविधिको बारेको भिडियो प्रदर्शन गरिनेछ ।

कार्यक्रममा विभिन्न झाँकी सहितको साँस्कृतिक प्रस्तुती आर्कषणको रुपमा रहने प्रतिष्ठानका सदस्य सचिव श्रेष्ठले जानकारी दिए ।

स्थापना दिवसको अवसरमा प्रतिष्ठानले गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टालाई सम्मान गर्न लागेको छ ।

सम्मानित हुनेमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका श्रष्टा खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट बागलुङका श्रष्टा भूपिन खड्का, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङजाका श्रष्टा पुरुषोत्तम न्यौपाने, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका गोपाल श्रेष्ठ छन् ।

उनीहरूलाई जनही एक लाख रुपैयाँ नगद, सम्मानपत्र, दोसल्लासहित सम्मान अर्पण गरिने प्रतिष्ठानका सदस्यसचिव श्रेष्ठले बताए ।

यस्तै गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मानबाट तनहुँकी सरस्वती प्रतिक्षा सम्मानित हुनेछिन् ।

उनलाई नगद पचास हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिनेछ ।

गण्डकी प्रज्ञा युवा सम्मानबाट नृत्य विधाबाट स्याङ्जाका रविन गुरुङ र कला विधाबाट मुस्ताङका छिरिङ फोन्जो गुरुङ सम्मानित हुनेछन् ।

उनीहरूलाई नगद २५ हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिनेछ ।

कला, साहित्य ,संगीत र संस्कृतिको बिधालाई महत्वका साथ स्थान दिँदै यिनको संरक्षण तथा प्रवर्धन गर्ने कार्य गरिरहेको प्रतिष्ठानको स्थापना २०७८ साल बैशाख १५ गते भएको थियो ।

 

प्रकाशित मिति २०८१ वैशाख २९ गते शनिबार १०:०७
हजुरको प्रतिक्रिया