२०८३ कात्तिक ११ गते मंगलबार

नवलपुरका विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्विका लागि सुधार सिकाई परियोजना लागु

नवलपुरका विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्विका लागि सुधार सिकाई परियोजना लागु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख २९ गते शनिबार १०:०९

बिहिबार बौदिकाली गाउँपालिकामा र शुक्रबार हुप्सेकोट गाउँपालिकामा सरोकारवालाहरुका लागि परियोजना अभिमुखीकरण कार्यक्रम गरी सिकाई परियोजना लागु गरेको हो ।

नवलपुर ।

राईट फर चिल्ड्रेन पोखरा कास्कीको सहयोगमा नवलपुरको हुप्सेकोट गाउँपालिका र बौदिकाली गाउँपालिकाका २० वटा विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्विका लागि सुधार सिकाई परियोजना लागु भएको छ ।

बिहिबार बौदिकाली गाउँपालिकामा र शुक्रबार हुप्सेकोट गाउँपालिकामा सरोकारवालाहरुका लागि परियोजना अभिमुखीकरण कार्यक्रम गरी सिकाई परियोजना लागु गरेको हो ।

हुप्सेकोट गाउँपालिकाका २० वटा विद्यालय र बौदिकाली गाउँपालिकाका ८ वटा विद्यालयमा यो परियोजना सुरु भएको राईट फर चिल्ड्रेन पोखराका प्रमुख कार्याकारी अधिकृत अनिल पौडेलले बताए ।

अभिमुखीकरण कार्यक्रममा पालिका भित्र रहेको विद्यालयका शिक्षक तथा प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा अनिल पौडेलले परियोजनाको बारेमा जानकारी गराए ।

हुप्सेकोट र बौदीकाली गाउँपालिकाका २० वटा विद्यालयमा भौतिकपूर्वाधार सुधार, शैक्षिक गुणस्तर सुधार, शैक्षिक सिकाई सुधार लगायतलाई आधार मानेर परियोजनाले काम गर्ने पौडेलले बताए ।

 

प्रकाशित मिति २०८१ वैशाख २९ गते शनिबार १०:०९
हजुरको प्रतिक्रिया