२०८३ साउन २१ गते बिहीबार

पाेखरामा ‘ईश्वर’को भव्य प्रिमियर : दर्शककाे सकरात्मक प्रतिक्रिया

पाेखरामा ‘ईश्वर’को भव्य प्रिमियर : दर्शककाे सकरात्मक प्रतिक्रिया

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख २९ गते शनिबार १०:५१

पाेखरा । राजु गिरीको निर्देशनमा तयार भएको फिल्म ‘ईश्वर’को पोखरामा भव्य प्रिमियर सम्पन्न भएको छ। शनिबार पोखराको चिप्लेढुंगामास्थित ट्रेड मल सिनेप्लेक्समा आयाेजित प्रिमियर शोमा पाेखरा महानगरका प्रमुख धनराज आचार्य, कलाकार माओत्स्ते...

पाेखरा ।

राजु गिरीको निर्देशनमा तयार भएको फिल्म ‘ईश्वर’को पोखरामा भव्य प्रिमियर सम्पन्न भएको छ।

शनिबार पोखराको चिप्लेढुंगामास्थित ट्रेड मल सिनेप्लेक्समा आयाेजित प्रिमियर शोमा पाेखरा महानगरका प्रमुख धनराज आचार्य, कलाकार माओत्स्ते गुरूङ, फिल्मका कलाकार एवं पत्रकारलगायतकाे उपस्थिति रहेकाे थियाे ।

फिल्म हेरिसकेपछि अधिकांश दर्शकका आँखा रसाएका थिए। उनीहरु फिल्मका हरेक दृश्यमा भावुक बनेका देखिन्थेँ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले ५ मिनेटको समय लिएर फिल्म हेर्न आएकाे तर फिल्म हेर्दै गएपछि बाहिर निस्कन मनै नलागेकाे बताए ।  २ घण्टा भन्दा लामो फिल्ममा उनले आफु निकै पटक भावुक बनेको बताउँदै निर्देशक गिरी लगायत टिमलाई धन्यवाद दिए।

‘नेपाली फिल्ममा अहिल फरक स्वादको फिल्म पाइयो,’उनले भने,‘फिल्म अत्यन्त राम्रो बनेको रहेछ। सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना।’

फिल्म हलमा उपस्थित भएका अधिकांशले राजु गिरीको अहिलेसम्मै उत्कृष्ट फिल्म बनेको प्रतिक्रिया दिए। उनीहरुले यस पटक राजुको काम मन परेको भन्दै हलमा भेटिएका निर्देशक गिरीलाई बधाई दिए। निर्देशक गिरीले आफ्नो फिल्म हेरेर दर्शक रोएपछि आफु सफल भएको बताए। हल बाहिर परिचयसँग कुराकानी गर्दै उनले अधिकांश दर्शक रोएको हेरेर बसेको प्रतिक्रिया दिए।

आगामी मंसिर १४ गतेलाई प्रदर्शन मिति घोषणा गरेको यस फिल्ममा पात्रहरुको मनोदशा प्रस्तुत गरिएको छ। फिल्मका पात्रका कुरा गर्ने हो भने पृथ्वीराज प्रसाईं रिसाहा मुद्रामा चित्रित छन् भने अभिनेत्री अनु शाह घाइते अवस्थामा प्रस्तुत भएकी छन्।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको हो यस फिल्ममा निर्माता हरिबहादुर थापा र शंकर गिरी हुन् भने पटकथा तथा संवाद भोजराज देवकोटाको रहेको छ।

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा निर्देशक गिरीले सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारी लगायतलाई अभिनय गराएका छन्। यहि फिल्मबाट अभिनेत्री अनु शाहले ५ वर्षपछि कमब्याक गरेकी हुन्। पछिल्लो प्रदर्शनमा आएको फिल्म ‘पसिना’ हो।

फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ। फिल्ममा रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ भने वितरणको जिम्मा उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले वितरण रहेको छ।

प्रकाशित मिति २०८१ वैशाख २९ गते शनिबार १०:५१
हजुरको प्रतिक्रिया