२०८३ साउन २१ गते बिहीबार

८ जना नयाँ मन्त्री थप्ने तयारीमा प्रधानमन्त्री, आजै सपथ हुने

८ जना नयाँ मन्त्री थप्ने तयारीमा प्रधानमन्त्री, आजै सपथ हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस १० गते शुक्रबार ०७:०२

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ८ जना नयाँ मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । विस्तारित मन्त्रिपरिषदमा पूर्व माओवादी र एमालेतर्फबाट मिलाएर मन्त्री बनाउन लागेको हो । पूर्व माओवादीबाट टोपवहादुर...

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ८ जना नयाँ मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । विस्तारित मन्त्रिपरिषदमा पूर्व माओवादी र एमालेतर्फबाट मिलाएर मन्त्री बनाउन लागेको हो ।

पूर्व माओवादीबाट टोपवहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र दावा लामा मन्त्री हुँदैछन् । त्यस्तै पूर्व एमालेबाट प्रेम आले, विमला विक र गणेश ठगुन्ना मन्त्री हुन लागेको वालुवाटार निकट स्रोतले जानकारी दिएको छ । विस्तारित मन्त्रीहरूमा टोपवहादुर रायमाझी- मन्त्री उर्जा, प्रभु साह-मन्त्री श्रम, मणि थापा- मन्त्री पर्यटन, गौरीशंकर चौधरी- मन्त्री शिक्षा, दावा लामा- मन्त्री खानेपानी तथा सरसफाइ, विमला विक- मन्त्री, प्रेम आले -मन्त्री, गणेश ठगुन्ना-मन्त्री रहेकाे जनाइएकाे छ ।

केही मन्त्रीको कार्यविभाजन भए पनि केहीको बाँकी रहेको स्रोतले जानकारी दिएको छ । नवनियुक्त मन्त्रीहरूको सपथ आजै राष्ट्रपति कार्यालयमा हुनेछ ।

प्रकाशित मिति २०७७ पुस १० गते शुक्रबार ०७:०२
हजुरको प्रतिक्रिया