२०८३ साउन २१ गते बिहीबार

सफल सादा दही अब पोखराको बजारमा

सफल सादा दही अब पोखराको बजारमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख ३० गते आइतबार ०४:२८

सुजल डेरी प्रालिले पोखराको बजारमा सफल सादा दही उपलब्ध गराएको छ ।

पोखरा
सुजल डेरी प्रालिले पोखराको बजारमा सफल सादा दही उपलब्ध गराएको छ । स्वस्थ र पौष्टिकताले भरिपुणर् सफल सादा दही पोखराको बजारमा उपलब्ध भएको प्रालिका मार्केटिङ विभागले जनाएको छ ।

प्रालिकाअनुसार सफल सादा दही चिनी रहित र प्रशोधित दूधबाट नवीनतम होमोजेनाइजेसन र पाश्चराइजेशन प्रविधिबाट उत्पादन गरिन्छ । सफल सादा दही नियमित उपभोक्ता, स्वास्थ सचेत व्यक्तिहरू, मधुमेह रोगी र गुलियो कम मन पराउने व्यक्तिहरुका लागी उपयुक्त हुने कम्पनिको विश्वास छ ।

पाचन शक्ति बढाउछ, रगतमा चिनीको मात्रा कायम राख्छ र सङसँगै वजनलाई पनि सन्तुलित राख्न मदत पुग्ने सुजल डेरी प्रालिले जनाएको छ । ५ सय मिलिलिटर पोका दहीलाई ८५, आधा लिटर टप दहीलाई एक सय र एक लिटर टब दहीलाई १ सय ९० रुपैयाँमा बजारमा उपलब्ध हुनेछ ।

सफल सादा दहीले पोखराका उपभोक्ताको सादा दहीको आवश्यकतालाई पुणर्रूपमा पुरा गर्छ भन्ने कुरामा कम्पनीले विश्वास लिएको छ ।

प्रकाशित मिति २०८१ वैशाख ३० गते आइतबार ०४:२८
हजुरको प्रतिक्रिया