२०८३ असोज २५ गते आइतबार

गुरुङ समाज जापानको अध्यक्षमा युवराज गुरुङ चयन

गुरुङ समाज जापानको अध्यक्षमा युवराज गुरुङ चयन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख ३१ गते सोमबार १२:४०

गुरुङ समाज जापानको प्रथम अधिवेशनबाट युवराज गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

जापान
गुरुङ समाज जापानको प्रथम अधिवेशनबाट युवराज गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

जापानमा बस्ने गुरूङको साझा र अपनत्व महसुस हुने गरी स्थापना गर्न गइरहेको संस्था गुरुङ समाज जापानका प्रथम अधिवेशनबाट युवराजको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन भएको हो । गुरुङ समाजको उपाध्यक्षमा चन्द्र गुरूङ, प्रकाश कोके गुरूङ र आशिष गुरूङ, महासचिवमा मोती गुरूङ, सचिवमा पदम गुरूङ, कोषाध्यक्षमा राम गुरूङ, सह-कोषाध्यक्षमा कुमार गुरूङ चयन भएका हुन् ।

कौशल गुरूङ, प्रिती गुरूङ, जमुना गुरूङ, जेबी गुरूङ, याम गुरूङ, आशिष गुरूङ, सोमन गुरूङ, महादेव गुरूङ, आशिष गुरूङ, विष्णुमाया गुरूङ, दिपक घले, जगदिश गुरूङ, टुम गुरूङ, आष्मा गुरूङ, प्रेम गुरूङ, सुमन घले र जगदिश गुरूङ सदस्य चयन भएका छन् ।

अधिवेशनमा प्रमुख अतिथि नेपालबाट तमु ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् केन्द्रिय समिति, संरक्षक परिषद्का अध्यक्ष रेशम गुरूङ र विशेष अतिथि तमु ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् केन्द्रिय समितिका सह-महासचिव मनोज गुरूङ थिए  । कार्यक्रममा जापानमा सक्रिय विभिन्न संघसंस्थाका प्रतिनिधिहरु एनआरएन अभियान्तहरु तमु तथा गैर तमुहरुको उपस्थिति रहेको थियो । जापानमा सकृय कलाकारले नाँच प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति २०८१ वैशाख ३१ गते सोमबार १२:४०
हजुरको प्रतिक्रिया