तनहुँ
सरकारसँग भएको सहमति व्यवहारमा लागु गर्न माग गर्दै तनहुँका दिपक भण्डारीको नेतृत्वको टोलीले काठमाण्डौमा रिले अनसन सुरु गरेको छ ।
अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७ मा उल्लेखित अधिकार सम्बन्धमा सरकारसंग भएको सहमति व्यवहारमा लागु गर्न माग गर्दै पूणर् शारिरिक अपांगता भएका भण्डारीको नेतृत्वमा रिले अनसन बसेका हुन् । काठमाण्डौस्थित शान्ति बाटिकामा १४ दिनदेखि अनसन भइरहेको हो ।
गत चैत्र ६ गते भण्डारी धर्नामा बसेका थिए । लगत्तै चैत्र १४ गते महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र धर्नारत भण्डारीबिच २०८१ बैशाख १ गतेदेखि नियमावली बमोजिम पूणर् अपांगता भएका व्यक्तिलाई सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा सुरु गर्ने सहमति भएको थियो । तर, भण्डारीले सहमति कार्यान्वयन नभएपछि पुनः संघर्ष जारी राखेका हुन् ।
सहमतिअनुसार सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा सम्बन्धमा आवश्यक कार्यक्रम र मापदण्डको मस्यौदा बनाउन गठित ३ सदस्यीय समितिले प्रतिवेदन बुझाइ सकेपनि कुनै सुनुवाई नभएको भण्डारीले दुखेसो पोखे ।
ऐन कार्यान्वयन भए अपांगता भएका व्यक्तिहरुको दैनिक क्रियाकलाप सहज बन्ने उनको विश्वास छ । सहमति कार्यान्वयन नभएसम्म आन्दोलन नरोक्ने भण्डारीले भनाइ छ । विभिन्न कारणले पूणर् अशक्त बनेका व्यक्तिले आफ््नो साधारण काम समेत आफैं गर्न नसक्ने हुदाँ निकै कष्टकर जिवन जिउन वाध्य हुनुपरेको भण्डारी सुनाउँछन् ।
‘अपांगता भएका व्यक्तिलाई राज्यले न बाँच्न दिएको छ न मर्न । लागु नै नगर्ने भए ऐन किन बनाएको ?,’ उनले भने ।
उनले सरकारले नीति तथा कार्यक्रम र बजेटमा अपाङ्गता भएका व्यक्तिको सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवाको अधिकार समेटिने विश्वास व्यक्त गरे ।
‘मन्त्रालयमा जवाफ माग्दा हुदैंछ मात्र भन्नुहुन्छ, सहमति त नयाँ वर्षको दिनबाटै लागु गर्ने भएकोे हो । यसअघि पनि पटकपटक सडकमा उत्रिएकै हो, सहमति कार्यान्वयन नहुदाँ सम्म सडक छोड्दिन,’ भण्डारीले भने ।

गत चैतमा दीपक भण्डारी र सरकारबिच भएको सम्झौता ।




