पोखरा
पोखरामा क्लबस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघले प्रतियोगिता आयोजना गरेको हो ।
जेठ २ देखि ५ गतेसम्म नेपाल छन्त्याल समाज नदीपुरको मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा १२ टिम सहभागी गराइने खेल संयोजक अमृत लामा गुरुङले जानकारी दिए ।
राष्ट्रिय प्रतियोगिता खेलका बढीमा ३ जना खेलाडीलाई टीममा समावेश गर्न पाउने उनले बताए ।विजेताले एक लाख २० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
उपविजेता, तेस्रो र चौंथो हुनेले क्रमशः ८० हजार, ४० हजार र २० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पार्नेछ । उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर, उदयमान खेलाडी, प्रशिक्षकलाई पनि पुरस्कृत गरिनेछ ।
भलिबल खेलमा युवाको सहभागिता बढाउदै नयाँ प्रतिभावान खेलाडी उत्पादनमा प्रतियोगिता आयोजना गरेको संयोजक गुरुङले बताए ।
प्रकाशित मिति २०८१ वैशाख ३१ गते सोमबार ०७:१३