२०८३ साउन २१ गते बिहीबार

लायन्स क्लवद्वारा म्याग्दी बहुमुखी क्याम्पसमा प्रयोगशाला स्थापना

लायन्स क्लवद्वारा म्याग्दी बहुमुखी क्याम्पसमा प्रयोगशाला स्थापना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ १ गते मंगलबार १०:५१

सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लव अन्तराष्ट्रिय कोष र म्याग्दीमा रहेका लायन्स क्लवको कुल १ करोड ६२ लाख सहयोगमा क्याम्पसमा अत्याधुनिक विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।

हरिकृष्ण गौतम

म्याग्दी ।

विज्ञान विषयको अध्ययनलाई प्रयोगात्मक गराउन म्याग्दी बहुमुखी क्याम्पसमा पहिलो पटक अत्याधुनिक विज्ञान प्रयोगशाला स्थापना गरिएको छ ।

सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लव अन्तराष्ट्रिय कोष र म्याग्दीमा रहेका लायन्स क्लवको कुल १ करोड ६२ लाख सहयोगमा क्याम्पसमा अत्याधुनिक विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।

विज्ञान प्रयोगशालाको लायन्स क्लब अन्तराष्ट्रियका डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले उद्घाटन गदैं म्याग्दीको पुरानो क्याम्पसको शैक्षिक अभियानमा लायन्स जोडिन पाउँदा खुसी लागेको बताउँछन् ।

प्रयोगशालाका लागि लायन्स क्लव अन्तराष्ट्रिय कोषबाट १ करोड २२ लाख र म्याग्दीमा क्रियाशिल क्लवद्धारा ४० लाख सहयोग गरिएको थियो ।

म्याग्दी बहुमुखी क्याम्पसले भौतिक विज्ञान, रसायन विज्ञान र जीवविज्ञानका लागि छुट्टै कक्ष निर्माण गरी फर्निचर, कक्षा कोठा सजावट, व्यवस्थापन गरिएको क्याम्पस प्रमुख गोरखबहादुर जिसीले बताए ।

प्रयोगशालामा आधुनिक माइक्रोस्कोप सहित नयाँ उपकरणहरु समेत राखिएकाले जिल्लाभित्र विज्ञान विषयको अध्ययन र अनुसन्धानका लागि समेत सहज हुने छ ।

प्रयोगशालाले गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग गर्ने, शिक्षण सिकाइ क्रियाकलाप समेत प्रभावकारी हुने भएकाले जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरी छात्राबृद्धि सहितका आर्कषक प्याकेजहरूमार्फत समेत विद्यार्थीलाई आर्कषित गर्ने म्याग्दी बहुमुखी क्याम्पसले जनाएको छ ।

विज्ञान प्रयोगशाला उद्घाटन कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ वि वान नेपालका गभर्नर चन्द्रकुमार केसी, बेनी नगरपालिकाका मेयर सुरत केसी, क्याम्पस पुर्व अध्यक्ष हरिकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष बालकृष्ण सुबेदी, क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुंगाना लगायत सञ्चालक समितिका सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

म्याग्दी क्याम्पसमा विभिन्न संकायमा करिब १२ सय विद्यार्थी अध्ययनरत छन् ।

 

प्रकाशित मिति २०८१ जेठ १ गते मंगलबार १०:५१
हजुरको प्रतिक्रिया