पोखरा
पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा मेलमिलापसम्बन्धी पुुनर्ताजगी तालिम सुरु भएको छ ।
मेलमिलाप गरौँ, सम्बन्ध बढाऔँ भन्ने उद्देश्यसहित सुरु भएको तालिमको पोखरा महानगरपालिका कार्यवाहक प्रमुुख एवं न्यायिक समिति संयोजक मञ्जुुदेवी गुुरुङले उद्घाटन गरेकी हुन् ।
उद्घाटन गर्दै गुुरुङले पोखरा महानगरपालिका न्यायिक समितिलाई उत्कृष्ट बनाउन मेलमिलापकर्ता लगायत सबैको भुमिका महत्वपूर्ण रहेको उल्लेख गरिन् । विवादले फाटेका मनहरुलाई मेलमिलापका माध्यमबाट सिलाउने प्रयत्न मेलमिलापकर्ताले गर्ने भएकाले तालिमको आयोजना गरिएको गुरुङले बताइन् । महानगरका प्रमुख प्रशासकीय अधकिृत श्यामकृष्ण थापाले तालिमबाट नयाँ कुराहरु सिक्ने अवसर प्राप्त गर्ने भएकाले यस्ता तालिमहरु फलदायी हुने विश्वास व्यक्त गरे ।
पोखरा महानगरमा हाल १ सय ६९ जना मेलमिलापकर्ता सुचिकृत भएका छन् । पहिलो चरणमा १ देखि १८ नम्वर वडाका मेलमिलापकर्तालाई पुुनर्ताजगी तालिम सञ्चालन गरिएको मेलमिलापकर्ता संयोजक सोमनाथ लम्सालले जानकारी दिए । १९ देखि ३३ नम्वर वडाका मेलमिलापकर्तालाई जेठ ९ देखि ११ गतेसम्म दोश्रो चरणमा तालिम सञ्चालन गरिने लम्सालले बताए । तालिम बिहीबारसम्म चल्नेछ ।
प्रकाशित मिति २०८१ जेठ १ गते मंगलबार ०३:३५




