२०८३ असोज २५ गते आइतबार

सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ

सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ २ गते बुधबार १०:२२

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बुधबार पनि सुनुवाइ हुँदैछ । मंगलबार न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दामा सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको...

काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बुधबार पनि सुनुवाइ हुँदैछ ।

मंगलबार न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दामा सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।

सन्दीपका तर्फबाट मंगलबार वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी, रमण श्रेष्ठ, शम्भु थापा, कृष्ण सापकोटा, मुरारी सापकोटा लगायतले बहस गरेका छन् । आज पनि सो बहसले निरन्तरता पाउने छ भने अदालतले फैसला दिनसक्ने सम्भावना छ ।

बलात्कार मुद्दामा दोषी ठहर गर्दै लामिछानेलाई जिल्ला अदालत काठमाडौंले गत पुस २५ गते ८ वर्ष जेल सजाय सुनाएको थियो । जिल्ला अदालतको फैसलापछि सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।

प्रकाशित मिति २०८१ जेठ २ गते बुधबार १०:२२
हजुरको प्रतिक्रिया