२०८३ साउन २१ गते बिहीबार

गलेश्वर पुलस्त्य पुलह अन्नक्षेत्रको दोस्रो साधारणसभा

गलेश्वर पुलस्त्य पुलह अन्नक्षेत्रको दोस्रो साधारणसभा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ ६ गते आइतबार ०९:५४

मुस्ताङमा अवस्थित प्रसिद्ध मुक्तिनाथ मन्दिरको मुख्य प्रवेशद्वारको रुपमा रहेको गलेश्वर पुलस्त्य पुलह अन्नदान क्षेत्रले दैनिकजसो करिब ६० जनालाई निःशुल्क रुपमा भोजन गराउँदै आएको छ ।

हरिकृष्ण गौतम

म्याग्दी ।

म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा रहेको गलेश्वर पुलस्त्य पुलह अन्नक्षेत्रको विशेष अधिवेशनपछि दोस्रो साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै बेनी नगरपालिका–९, घतानका कार्यवाहक वडा अध्यक्ष गणेश शर्मा, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले गलेश्वर शिवालय क्षेत्र विकास कोषले समग्र गलेश्वर क्षेत्रको विकास र प्रवद्र्धनमा काम गरिरहेको बताए ।

कार्यक्रममा गलेश्वर ज्येष्ठनागरिक आश्रमका अध्यक्ष बमबहादुर पुन, गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीका अध्यक्ष दिपक पौडेल, पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष हरिकृष्ण गौतम र गलेश्वर आमा समूहका अध्यक्ष कुमारी रोकाले शुभकामना व्यक्त गरेका थिए ।

शनिबार सम्पन्न साधारणसभामा अन्नक्षेत्रका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीले प्रगति र कोषाध्यक्ष लोकेन्द्रबहादुर खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अन्नक्षेत्रका अध्यक्ष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष यामबहादुर खत्री सुवेदीको स्वागत र सचिव ताराप्रसाद आचार्य (बाबुराम)को सञ्चालन गरेका थिए ।

मुस्ताङमा अवस्थित प्रसिद्ध मुक्तिनाथ मन्दिरको मुख्य प्रवेशद्वारको रुपमा रहेको गलेश्वर पुलस्त्य पुलह अन्नदान क्षेत्रले दैनिकजसो करिब ६० जनालाई निःशुल्क रुपमा भोजन गराउँदै आएको छ ।

यस संस्थाले स्थापनाकालदेखि नै साधुसन्त, तीर्थयात्री, ब्राह्मण, बटुक विद्यार्थी, अनाथ, असहाय लगायतलाई भोजनको व्यवस्थापन गरेको जनाएको छ ।

 

प्रकाशित मिति २०८१ जेठ ६ गते आइतबार ०९:५४
हजुरको प्रतिक्रिया