२०८३ साउन २१ गते बिहीबार

नेपाल आइडलको टप ८ मा पुगेकी सलोमी गुरुङलाई जिताउन पोखरेलीको अभियान

नेपाल आइडलको टप ८ मा पुगेकी सलोमी गुरुङलाई जिताउन पोखरेलीको अभियान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ ७ गते सोमबार ०७:११

सलोमीलाई भोटिङ गर्न प्रभु पे, इ–सेवा र मोमो एप डाउनलोड गरेर र ३७००० मा १२ टाइप गरी एसएमएस पठाएर भोटिङ गर्न सकिन्छ ।

पोखरा

गायिका सलोमी गुरुङलाई नेपाल आइडलको विजेता बनाउन अभियान थालिएको छ ।

सलोमी गायन रियालिटी सो नेपाल आइडल सिजन फाइभकोे उत्कृष्ट आठसम्म पुगेकी छन् ।

पोखरा महानगरपालिका–१३ बिपी मार्गकी सलोमीलाई जिताउन पोखरेलीले अभियान थालेका हुन् । सोमबार पोखरामा पत्रकार सम्मेलन आयोजना गर्दै सलोमी गुरुङ जिताउ अभियानले भोटका लागि अपिल गरेको छ ।

अहिलेसम्म गायनकलाले अगाडि बढेपनि अब भोटिङले सघाउनुपर्ने अभियानकी प्रतिनिधि बालकाशी गुरुङले बताइन् ।

‘यो ठाउँसम्म आउनका लागि उसकै बलबुताले, कलाले र मेहनतले हो । अबको पालो भोटिङको रहेकोे छ । भोटिङले मात्रै जिताउन सक्षम हुनेछौं’, उनले भनिन् ।

सानैदेखि गायनमा रुची राख्ने उनलाई परिवारको सहयोग नमिल्दा पाउनुपर्ने संगाीतिक उचाइ हात नपारेको उल्लेख गरिन् ।

गण्डकी प्रदेशले रियालिटी सोेमा सहभागी थ्रुपै प्रतिभालाई जिताएकाले अब पालो सालोमीको रहेकोे उनको भनाइ थियो ।

सलोमि जिताउन गुरुङ समुदायसँग सम्बन्धित संघसंस्थाले सहयोग उठाइरहेका छन् ।

नेपाल आइडलको उत्कृष्ट ८ मा अटाएकी सलोमीलाई भोटिङ गर्न प्रभु पे, इ–सेवा र मोमो एप डाउनलोड गरेर र ३७००० मा १२ टाइप गरी एसएमएस पठाएर भोटिङ गर्न सकिन्छ ।

सलोमि जिताउ अभियानले आयोजना गरेकोे पत्रकार सम्मेलनमा पोखरेली लक्ष्य ब्याण्डले नेपाली गीत प्रस्तुत गर्दैै भोटको अपिलसमेत गरेको थियो ।

उनी २०७३ मा भएको सातौं संस्करणको बिग आइकन बन्ने दौडबाट उत्कृष्ट ९ बाट बाहिरिएकी थिइन् ।

प्रकाशित मिति २०८१ जेठ ७ गते सोमबार ०७:११
हजुरको प्रतिक्रिया