२०८३ साउन २१ गते बिहीबार

सुरु भयो अन्नपूर्ण म्याराथनको तयारी

सुरु भयो अन्नपूर्ण म्याराथनको तयारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ ७ गते सोमबार ०७:१५

चौंथो संस्करणको अन्नपूर्ण म्याराथनको तयारी थालिएको छ । ‘पर्यटनका लागि सबै मौसम’ उद्घोषका साथ जेठ २१ अन्नपूर्ण म्याराथन हुँदैछ ।

पोखरा
चौंथो संस्करणको अन्नपूर्ण म्याराथनको तयारी थालिएको छ । ‘पर्यटनका लागि सबै मौसम’ उद्घोषका साथ जेठ २१ अन्नपूर्ण म्याराथन हुँदैछ ।

अन्नपूर्ण सेन्चूरी पर्यटन समितिको आयोजना र अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा हुन लागेकोे हो । अन्नपूर्ण आधार शिविरको पूर्वाधार विकाससँगै पर्यटन प्रबद्र्धनमा म्याराथनलाई निरन्तरता दिएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरूङले बताए ।

फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले सन् १९५० जुन ३ तारिखका दिन अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको थियो । ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको सुरुआत भएकाले जुन ३ लाई ‘अन्नपूर्ण आरोहण दिवस’ मनाइन्छ । दिवस मनाउनलाई अन्नपूर्ण म्याराथन आयोजना गरेको गुरुङले बताए ।

अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (४२.१९५ किमी) दुरीको अन्नपूर्ण म्याराथन हुनेछ । माछापुच्छ्रे आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुक आएर सकिनेछ ।

म्याराथनको विजेता महिला पुरुष धावकले जनही १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेता, तेस्रो हुनेले क्रमशः १ लाख र ७५ हजार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । विदेशी धावकले प्रोत्साहन पुरस्कार पाउनेछन् ।

२०७५ सालदेखि अन्नपूर्ण म्याराथन सुरु भएको हो । दोस्रो संस्करणसँगै कोरोनाका कारणले रोकियो । गतवर्षदेखि म्याराथनले निरन्तरता पाएको छ । गएको संस्करणको उपाधि पुरुषतर्फ जुम्लाका धीरबहादुर बुढा र महिलातर्फ गणना भण्डारीले हात पारेका थिए ।

प्रकाशित मिति २०८१ जेठ ७ गते सोमबार ०७:१५
हजुरको प्रतिक्रिया