२०८३ साउन २१ गते बिहीबार

बिग बास : सन्दिप लामिछाने मेलवर्न स्टार्सविरूद्ध मैदानमा उत्रने

बिग बास : सन्दिप लामिछाने मेलवर्न स्टार्सविरूद्ध मैदानमा उत्रने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस १७ गते शुक्रबार १०:५३

पोखरा । अस्ट्रेलियन घरेलु क्रिकेट लिग बिग बासको प्रारम्भमा कोरोनाको कारण अस्ट्रेलिया पुग्न नपाएका नेपाली लेग स्पीनर सन्दिप लामिछाने क्वारेन्टाइन मुक्त भएपछि सम्भवतः आफ्नो नयाँ क्लब होर्वाट हुरिकेन्सवाट शनिबार जनवरी २ तारिखका...

सन्दिप टोलीकै बलियो खम्बा

पोखरा । अस्ट्रेलियन घरेलु क्रिकेट लिग बिग बासको प्रारम्भमा कोरोनाको कारण अस्ट्रेलिया पुग्न नपाएका नेपाली लेग स्पीनर सन्दिप लामिछाने क्वारेन्टाइन मुक्त भएपछि सम्भवतः आफ्नो नयाँ क्लब होर्वाट हुरिकेन्सवाट शनिबार जनवरी २ तारिखका दिन पहिलो खेल खेल्नेछन्।

क्लबका पछिल्ला ६ खेल गुमाएका लामिछाने डिसेम्बर ३० मा क्वारेनटाइन मुक्त भएर तास्मानिया राज्यको होर्वाटमा हुने टिमको सातौं खेलको तयारीमा जुटेका छन्।

नेपालबाट डिसेम्बर १५ मा अस्ट्रेलिया आइपुगेका सन्दिप यहाँको अनिवार्य होटल क्वारेन्टाइनमा १४ दिन बसेपछि बल्ल नयाँ क्लबको घरेलु मैदानमा शनिबार हुने खेलको अभ्यासमा जुटेका हुन्।

उनको क्लब होर्वाट हुरिकेन्सले सातौं खेलमा सन्दिपको पुरानो क्लब मेलवर्न स्टार्सविरूद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ। खेल अस्ट्रेलियन समय ५ बजेर पाँच मिनेटमा (नेपाली समय बिहान ११:५० बजे) सुरू हुनेछ।

कोरोना संक्रमणका कारण समयमै आउन नपाएका सन्दिपको क्लब अहिले पनि ६ खेलमा चार जितका साथ तेस्रो स्थानमा छ। समान अंक रहेको सिड्नी थन्डर दोस्रो र १६ अंकमा रहेको सीडनी सिक्सर शीर्ष स्थानमा छ।

सन्दिपको टोलीले पुनः सोमबार जनवरी ४ तारिखका दिन ब्रिजबेनको गाब्बा मैदानमा मेलवर्न स्टार्ससँग खेल्ने कार्यक्रम रहेको छ। पुरानो क्लबविरुद्ध सन्दिपको प्रदर्शनी कस्तो रहने हो त्यो भने निकै प्रतिक्षाको विषय बनेको छ। सन्दिपको शनिबारको सहभागिता भने होवार्टका प्रशिक्षक एडम ग्रिफीथ र कप्तान म्याथ्यू वेडको रोजाइमा भर पर्नेछ ।

होवार्टले किनेका विदेशी खेलाडीमध्ये दुई जना स्पीनर र एक व्याटसम्यान छन्। जसमा अफगानिस्तानका राइट आर्म लेग स्पीनर क्वाइस अहमद, दक्षिण अफ्रीकी ब्याट्सम्यान डेभिड मिल्लर र नेपालका राइट आर्म लेग ब्रेक सन्दिप लामिछाने हुन्।

सन्दिपलाई उनको क्लबले शनिबारको खेलका लागि खेलाउने सम्भावना निकै बलियो छ। किनभने मेलवर्न स्टार्समा लामो समय रहेका सन्दिपलाई त्यस टिमको आनीबानीका बारेमा ज्ञान छ। उनलाई क्लबले आफ्नो वेवसाइटमा शनिबारको टिममासमेत समावेश गरिसकेको छ।

सन्दिपको टोली होवार्ट हुरिकेन्सका आगामी लिग खेल

जनवरी २ होवार्ट हुरिकेन्सविरुद्ध मेलवर्न स्टार्स (होवार्ट) अस्ट्रेलियन समय ५:०५
जनवरी ४ होवार्ट हुरिकेन्सविरुद्ध मेलवर्न स्टास(ब्रिजबेन) अस्ट्रेलियन समय ४ : ०५
जनवरी ७ होवार्ट हुरिकेन्सविरुद्ध सीडनी थन्डर ( पर्थ) अस्ट्रेलियन समय ६:१०
जनवरी १२ होवार्ट हुरिकेन्सविरुद्ध पर्थ स्कोचर्स(पर्थ) अस्ट्रेलियन समय ७:१५
जनवरी १८ होवार्ट हुरिकेन्सविरुद्ध सीडनी थन्डर (सीड्नी)अस्ट्रेलियन समय ७:१५
जनवरी २२ होवार्ट हुरिकेन्सविरुद्ध पर्थ स्कोचर्स (मेलवर्न)अस्ट्रेलियन समय ४:०५
जनवरी २४ होवार्ट हुरिकेन्सविरुद्ध सीडनी सिक्र्सस( सीड्नी)अस्ट्रेलियन समय ७:१५
जनवरी २६ होवार्ट हुरिकेन्सविरुद्ध मेलवर्न रेनगेड्स(मेलवर्न) अस्ट्रेलियन समय ४:१०

प्रकाशित मिति २०७७ पुस १७ गते शुक्रबार १०:५३
हजुरको प्रतिक्रिया