२०८३ साउन २१ गते बिहीबार

मजदुरको निशुल्क स्वास्थ्य बिमा

मजदुरको निशुल्क स्वास्थ्य बिमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ १० गते बिहीबार ०७:५०

बिमाको लागतमा ५० प्रतिशत व्यवसायीक प्रतिष्ठानले र ५० प्रतिशत रकम मुद्रण उद्योग संघ कास्कीले व्यहोर्ने गरी जीवन विमा गरिएको हो ।

पोखरा

मुद्रण उद्योग संघ कास्कीले मुद्रण व्यवसायमा आवद्ध मजदुरको निःशुल्क बिमा गरिदिएको छ ।

११५ जनाको मजदुरको संघले विमा गरिदिएको हो । मुद्रण उद्योग संघ कास्की अध्यक्ष चिन्तामणी बास्तोलाका अनुसार कास्कीमा १ सय भन्दा बढी छापाखानामा ८ सय जना मजदुर कार्यरत छन् । बाँकी मजदुरको छिट्टै नै बिमा गरिदिने उनको भनाइ छ । जोखिम न्युनिकरणको लागि बिमा गरेको उनले बताए ।

बिमाको लागतमा ५० प्रतिशत व्यवसायीक प्रतिष्ठानले र ५० प्रतिशत रकम मुद्रण उद्योग संघ कास्कीले व्यहोर्ने गरी जीवन विमा गरिएको हो ।

कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष तिवारीले मुद्रण उद्योग व्यवसायमा राज्यले कुनै मुल्य र दररेट नतोक्दा पनि व्यवसायी आफैमा प्रतिस्पर्धा हुँदा व्यवसाय नै धरासयमा पुगेको बताए ।

 

प्रकाशित मिति २०८१ जेठ १० गते बिहीबार ०७:५०
हजुरको प्रतिक्रिया