२०८३ असोज २५ गते आइतबार

टी–२० विश्वकप : नेपालले आज दोस्रो वार्मअप खेल अमेरिकासँग खेल्दै

टी–२० विश्वकप : नेपालले आज दोस्रो वार्मअप खेल अमेरिकासँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ १७ गते बिहीबार ११:०७

ग्रान्ड प्रेरी क्रिकेट रंगशाला, टेक्सासमा हुने यो खेल नेपाली समयअनुसार राति सवा ९ बजेबाट सुरु हुने छ ।

पोखरा ।

आईसीसी टी–२० विश्वकप अघिको वार्मअप अन्तर्गत नेपालले आज दोस्रो खेल अमेरिकासँग खेल्दैछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको आधिकारिक तालिका अनुसार नेपालले एसोसिएट राष्ट्रहरू अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने तय थियो ।

सोही तालिका अनुसार नेपालले आज दोस्रो वामअर्प म्याच अमेरिकासंग खेल्ल लागेको हो ।

ग्रान्ड प्रेरी क्रिकेट रंगशाला, टेक्सासमा हुने यो खेल नेपाली समयअनुसार राति सवा ९ बजेबाट सुरु हुने छ ।

यसअघि नेपालले वार्मअप अन्तर्गतको पहिलो खेल क्यानडासँग खेलेको थियो । उक्त म्याचमा नेपाल ६३ रनले पराजित भएको थियो ।

अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गरेको विश्पकप जुन २ तारिख अर्थात यही जेठ २० गतेदेखि सुरु हुँदैछ ।

नेपालले पहिलो खेल जेठ २२ गते नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ ।

प्रकाशित मिति २०८१ जेठ १७ गते बिहीबार ११:०७

हजुरको प्रतिक्रिया