काठमाडौं
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले कृषि क्षेत्रमा ल्याएका योजना अर्थपूर्ण रहेको बताएका छन् ।
काठमाडौंमा देवशंकर पौडेलेको लिखुसँग आत्मसमर्पण विमोचन गर्दै उनले कृषिलाई नेपालको अर्थतन्त्रको आधारशिलाको रुपमा लिनुपर्ने र त्यस रुपमा नै अघि सारिएको उल्लेख गरे ।
अहिलेको राजनीतिमा सबैभन्दा बिग्रिएको पक्ष भ्रष्टीकरण रहेको नेपालको भनाइ थियो । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भ्रष्टाचारले नेता, कार्यकता र देश बिग्रिएको बताए ।
समाज विकृति र विसंगतिका कारण बिग्रिरहेको उनले सुनाए । देशको योजना बनाउँदा हावादारी योजना बनाउन उनको तर्क छ ।
समाजवादी पार्टी नेपालको राजनीति सहज ढंगले अघि बढ्नुपर्ने पक्षमा रहेको बताए । जनताको चाहना, पीडा र वेदनालाई सम्बोधन गर्न नेतृत्वमा बस्नेहरुलाई उनको सुझाव छ ।
प्रकाशित मिति २०८१ जेठ १८ गते शुक्रबार १२:३९