२०८३ साउन २१ गते बिहीबार

टी–२० विश्वकप नेपाल—नेदरल्याण्डसँग प्रेसर ह्याण्डिल गर्नसक्ने टिमले जित्छः कप्तान रोहित

टी–२० विश्वकप नेपाल—नेदरल्याण्डसँग प्रेसर ह्याण्डिल गर्नसक्ने टिमले जित्छः कप्तान रोहित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ २२ गते मंगलबार १०:२८

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्ड र नेपालबीचको खेलमा दबाब सहनसक्ने टोलीले नै गेम जित्ने बताएका छन् ।

काठमाडौं
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्ड र नेपालबीचको खेलमा दबाब सहनसक्ने टोलीले नै गेम जित्ने बताएका छन् ।

विश्वकप शुरु हुनुअघि भएको प्रिम्याच कन्फ्रेन्सका क्रममा कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले विश्वकप खेल्नका लागि आफूहरु सबै उत्साहित रहेको र १० वर्षपछि नेपालले टि २० विश्वकप खेल्न लागिरहेको उल्लेख गरे । नेपालले सबैभन्दा राम्रो प्रदर्शन गर्ने उनको भनाइ छ ।

‘हामी सबै जना उत्साहित छौँ । यो इभेन्ट एकदमै महत्वपूर्ण छ । विगत १० वर्षदेखि हामी खेलेका थिएनौँ । १० वर्षपछि हामी विश्वकप खेल्दैछाँै । नेपाल क्रिकेटको लागि यो महत्वपूर्ण कुरा हो । हाम्रो यो सपना थियो । हामीले त्यो अवसर पाइरहेका छौँ,’ उनले भने ।

उनले थपे, ‘२० वटा टिम छन् । सबै टिम ब्यालेन्स र प्रतिष्पर्धी हुनुहुन्छ । नेदरल्याण्ड्ससँग धेरै खेल खेलेका पनि छौँ । जसले प्रेसर ह्याण्डिल गर्दछ त्यही टिमले जित्छ । हामी बेस्ट दिनेछौँ । टुर्नामेण्टमा पहिलो खेल एकदमै महत्वपूर्ण हुन्छ । त्यसले एउटा आत्मविश्वास दिन्छ ।’

प्रकाशित मिति २०८१ जेठ २२ गते मंगलबार १०:२८
हजुरको प्रतिक्रिया