नेदरल्याण्ड्ससामू १०७ रनकाे लक्ष्य प्रस्तुत
काठमाडौं
आईसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपाल १०६ रनमा अल आउट भएको छ ।
अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १९ ओभर २ बलमा १०६ मा समेटिएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन जोडे ।
चौथो नम्बरमा ब्याटिङ गर्ने आएका कप्तान रोहितले ३७ बलमा ५ चौकाको मुद्दतमा ३५ रन जोडेर आउट भए । १० रन जोड्दा ओपनर आसिफ शेखलाई गुमाएको नेपालले १५ रन जोड्दा अर्का ओपनर कुशल भुर्तेललाई गुमाएको थियो ।
आसिफ ४ र कुशल ७ रन बनाएर आउट भए । ४० रन जोड्दा अनिल शाह, ५२ रन जोड्दा कुशल मल्ल र ५३ रन जोड्दा दीपेन्द्रसिंह ऐरी आउट भए । अनिल ११, कुशल मल्ल ९ र दीपेन्द्र १ रन जोडे । सोमपाल कामी ०, गुल्सन झा १४ र करन केसीले १७ रन जोडेर आउट भए ।
नेदरल्याण्ड्सका लागि टीम प्रिग्नल र भान बिकले समान ३ / ३ विकेट लिए । बास डी लिडे र पाउन भान मिर्केनकाे पाेल्टामा २/ २ विकेट पर्दा भिभिएन किंग्मा विकेटविहिन रहे ।
महत्वपूर्ण प्रतियाेगितामा फेरि एकपटक नेपालले कमजाेर ब्याटिङ प्रदर्शन जारी राखेकाे छ ।
प्रकाशित मिति २०८१ जेठ २२ गते मंगलबार ११:३३




