काठमाडाैं ।
सुजल डेरीले आफ्नो नयाँ उत्पादन ‘कुजिन लाइन’ सार्वजनिक गरेको छ।
डेरीले हालै सार्वजनिक गरेको कुजिन लाइन सफल घ्यू, बटर नौनी र पनिरलाई बन्डल गरी बनाइएको सफल ब्राण्डको लाइन हो ।
जसमा सफलका उत्कृष्ट उत्पादन परिकारमा प्रयोग गर्दा त्यो परिकार स्वादिष्ट र सर्वोत्कृष्ट बन्ने कुरामा कम्पनी विश्वस्त रहेको जनाएको छ । सफल कुजिन लाइन सफलमै छ असली स्वाद सन्देशका साथ बजारमा आएको हो।
सुजलले कुजिन लाइनका दुग्ध उत्पादन ताजा र स्वस्थ रहेकाे एवं परिकारलाई उपभोक्ताले स्वादिष्ट र सर्वोत्कृष्ट रूपमा ग्रहण गर्नेमा कम्पनी विश्वस्त रहेको जनाएकाे छ ।
सुजल डेरीले दुग्ध पदार्थ प्रयोग हुने सम्पूर्ण परिकारको लागी सफल ब्रान्डको पनीर, घ्यू, बटर, नौनी, क्रीम एउटा छातामा राखी सुलभ मूल्यमा उपभोक्तमाझ प्रस्तुत गरेको हो ।
कम्पनीका अनुसार सफल कुजिन लाइन नजिकको पसलदेखि देशभरिका विभिन्न सुपरमार्केट तथा मार्टहरुमा उपलब्ध गराएको छ।
कुनै पनि परिकारलाई स्वादिष्ट र सर्वोत्कृष्ट बनाउनको लागि चाहिने सम्पूर्ण दुग्ध उत्पादनको जरुरत सफल कुजिन लाइनले आपूर्ति गर्ने कुरा पनि कम्पनीले जनाएको छ ।
प्रकाशित मिति २०८१ जेठ २४ गते बिहीबार १०:५८




