२०८३ कात्तिक ११ गते मंगलबार

कोरोनाका कारण स्याङ्जाकी महिलाको पोखरामा निधन

कोरोनाका कारण स्याङ्जाकी महिलाको पोखरामा निधन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस २० गते सोमबार ०२:२९

पोखरा । काेराेना भाइरसकाे संक्रमणबाट पोखरामा थप १ जनाको निधन भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ७ की ८२ वर्षीय संक्रमित महिलाको उपचारका क्रममा शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको गण्डकी प्रदेश...

पोखरा । काेराेना भाइरसकाे संक्रमणबाट पोखरामा थप १ जनाको निधन भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ७ की ८२ वर्षीय संक्रमित महिलाको उपचारका क्रममा शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नीजलाई गत पुस १३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ९३ पुगेको छ ।

यस्तै, पोखरामा थप १५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको अध्यावधिक जानकारी अनुसार लाइफ केयर डायग्नोस्टि प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप १५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ५ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३० वर्षीय १ जना महिला तथा ३४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

६ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ८१ वर्षीय १ जना वृद्धा तथा २८ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा ८ मा ५२ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर १० मा २ जनालाई कोरोना भाइरस संक्तमण पुष्टि भएको छ । सो वडामा ३७ र ४५ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १२ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १८ वर्षीय १ जना किशोरीलाई संक्रमण पुष्टि भएको हो ।

१४ नम्बर वडामा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ५१, ५३ र ८५ वर्षीय ३ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा १६ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु १७ वर्षीय २ जना किशोरी रहेका छन् ।

त्यस्तै वडा नम्बर १७ मा ४० वर्षीय १ जना तथा ३२ मा ३२ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १४ हजार ६ सय ८५ पुगेको छ ।

प्रकाशित मिति २०७७ पुस २० गते सोमबार ०२:२९
हजुरको प्रतिक्रिया