२०८३ साउन २१ गते बिहीबार

फेवातालमा डुंगा दौड हुँदै

फेवातालमा डुंगा दौड हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ २५ गते शुक्रबार ०७:५८

महिलातर्फ विजेताले २० हजार रुपैयाँ हात पार्दा उपविजेताले १५ र तेस्रो हुनेले १० हजार रुपैयाँ पाउनेछन् ।

पोखरा

पोखराको फेवातालमा डुंगा दौड प्रतियोगिता हुने भएको छ ।

फेवा डुंगा व्यवसायी संगठनले डुंगा दौड प्रतियोगिता आयोजना गरेको हो । संगठनको ३० औं स्थापना दिवसका अवसरमा जेठ ३१ गते प्रतियोगिता गर्न लागिएको अध्यक्ष बलराम गिरीले बताए ।

पर्यटकीय राजधानी पोखराको प्रबद्र्धनमा सघाउन एक दिने उत्सव मनाउन लागेको उनको भनाइ छ ।

आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा ४० समूह सहभागी हुने सचिव सचिव शिव जिसीले जानकारी दिए । उनका अनुुसार प्रतिस्पर्धी समूहमा तीन जना अनिवार्य गरिएको छ ।

काठको डुंगा चलाएर पुरुषतर्फको समूहले २.१ किलोमिटर प्रतिस्पर्धा गर्नुपर्नेछ ।महिलातर्फ १.५ किलोमिटर दुरीमा प्रतिस्पर्धा हुनेछ ।

पुरुषतर्फको विजेताले ३० हजार हजार रुपैयाँ हात पार्नेछ । उपविजेता र तेस्रो हुनेले क्रमशः २० हजार र १० हजार रुपैयाँले पुरस्कृत हुनेछन् ।

महिलातर्फ विजेताले २० हजार रुपैयाँ हात पार्दा उपविजेताले १५ र तेस्रो हुनेले १० हजार रुपैयाँ पाउनेछन् ।

बाराहीघाटमा डुंगा दौड प्रतियोगिता सुरु हुनेछ । प्रतियोगिता सम्पन्न गर्न २ लाख ४० हजार रुपैयाँ खर्च लाग्ने अनुमान छ ।

प्रतियोगिताबाट बचत भएको रकम फेवातालको सरसफाईमा खर्चिने जनाइएको छ ।

प्रकाशित मिति २०८१ जेठ २५ गते शुक्रबार ०७:५८
हजुरको प्रतिक्रिया