२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेशस्तरीय फुटबलमा तनहुँको विजयी सुरुआत

गण्डकी प्रदेशस्तरीय फुटबलमा तनहुँको विजयी सुरुआत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ २५ गते शुक्रबार ०८:०२

नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता अन्तर्गत शनिबार चार खेल सञ्चालन हुनेछन् ।

पोखरा

पोखरामा गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा शुक्रबारदेखि प्रतियोगिता सुरु भएको हो ।

शुक्रबारको पहिलो खेलमा तनहुँले गोरखालाई ३–० गोलले पराजित गरेको छ । खेलको २०औं मिनेटमा शान्तबहादुर गुरुङले गोल गर्दै तनहुँलाई पहिलो अग्रता दिलाएका थिए ।

खेलको २३ औं मिनेटमा तनहुँका राम थापाले गोल गर्दै अग्रता दोब्बर बनाए । ३१ औं मिनेटमा जीवेश आलेमगरले गोल गर्दै तनहुँलाई तेस्रो अग्रता दिलाएका हुन् । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र तनहुँ ३–० ले विजयी भयो ।

प्रतियोगिताको उद्घाटनमा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले गरेका थिए । जेठ २८ गतेसम्म चल्ने प्रतियोगिता गण्डकीका १० जिल्लाले सहभागिता जनाएका छन् ।

नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता अन्तर्गत शनिबार चार खेल सञ्चालन हुनेछन् ।

जसअन्तर्गत पहिलो खेलमा बिहान ८ बजे म्याग्दीले स्याङजाको सामना गर्नेछ भने दोस्रो खेलमा कास्की र नवलपुर, तेस्रो खेलमा पर्वत र बागलुङका भिड्नेछन् ।

चौथो खेल लमजुङले तनहुँको सामना गर्ने संघका महासचिव बिनोद गुरुङले जानकारी दिए ।

प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट हुने प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।

प्रकाशित मिति २०८१ जेठ २५ गते शुक्रबार ०८:०२
हजुरको प्रतिक्रिया