२०८३ असोज २५ गते आइतबार

चौंथो आईटिएफ तेक्वान्दोमा स्याङजा च्याम्पियन

चौंथो आईटिएफ तेक्वान्दोमा स्याङजा च्याम्पियन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ २७ गते आइतबार १०:२१

तेस्रो संस्करणमा समेत च्याम्पियन स्याङ्जाले १० स्वर्ण, ३ रजत र १० कास्यसहित लगातार च्याम्पियन बन्न सफल भएको हो ।

पोखरा

गण्डकी प्रदेशस्तरीय चौंथो आईटिएफ तेक्वान्दोमा स्याङजा जिल्ला च्याम्पियन बनेको छ ।

तेस्रो संस्करणमा समेत च्याम्पियन स्याङ्जाले १० स्वर्ण, ३ रजत र १० कास्यसहित लगातार च्याम्पियन बन्न सफल भएको हो ।

शनिबार तनहुँको भीमादमा भएको प्रतियोगितामा कास्की ९ स्वर्ण, ५ रजत र ४ कास्यसहित दोस्रो स्थान प्राप्त ग¥यो । बागलुङ ८ स्वर्ण, २ रजत र ११ कास्य पदकसहित तेस्रो भएको छ ।

पुरुषतर्फ दिपाल बुढामगर र महिलातर्फ सुस्मिता थापामगर सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । सर्वोकृष्टे थापा र बुढा दुवैले प्याट्रन र स्पाईरिङमा २/२ स्वर्ण पदक प्राप्त गरेका हुन् ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र गण्डकी तेक्वान्दो संघको सहआयोजनामा शुक्रबार प्रतियोगिता सुरु भएको हो ।

विजेता खेलाडीलाई पुरस्कार वितरण गर्दैै भिमाद नगरपालिकाका मेयर दधिराज सुवेदीले प्रतियोगिताले पर्यटन प्रर्वद्धनमा टेवा पु¥याएको बताए ।

प्रतियोगितामा ३६ स्वर्ण, ३६ रजत र ७२ कास्य गरेर १४४ पदकका लागि पुरुषतर्फ स्पाईरिङतर्फ २० देखि ८५ केजी तौल समूह र महिलातर्फ २० देखि ६५ केजी समूहमा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा महिला तथा पुरुष प्याट्रन तर्फ हरियो, निलो र रातो कलर बेल्ट तथा प्रथम, द्धितीय र तृतीय डान समूहमा प्रतिस्पर्धा भएको हो ।

प्रकाशित मिति २०८१ जेठ २७ गते आइतबार १०:२१
हजुरको प्रतिक्रिया