२०८३ साउन २१ गते बिहीबार

पोखरामा भोलिदेखि यू–१५ खेलकुदः ६ खेलमा प्रतिस्पर्धा हुने

पोखरामा भोलिदेखि यू–१५ खेलकुदः ६ खेलमा प्रतिस्पर्धा हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ २९ गते मंगलबार ०५:५७

प्रत्यक प्रदेशबाट ७६ खेलाडीसहित ८ प्रशिक्षक जना र ६ जना व्यवस्थापक गरेर ९० जनाको सहभागिता रहनेछ ।

पोखरा

पहिलो पटक पोखरामा यु–१५ विद्यालय खेलकुद प्रतियोगिता हुन लागेको छ । बुधबार र बिहिबार पोखरा रंगशालामा प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना गरेको प्रतियोगिताको तयारी पूरा भएको छ । ब्याडमिन्टनतर्फका खेल भने मंगलबारदेखि नै सुरु भइसकेको प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले बताए ।

६ खेलमा खेलाडीले प्रतिस्पर्धा गर्ने शर्माले जानकारी दिए । उनकाअनुसार एथ्लेटिक्स, रग्वी, ब्याडमिन्टनसँगै बास्केटबल, रग्वी, टेबलटेनिस र बुद्धिचाल (चेस) मा प्रतिस्पर्धा हुनेछ ।

एथ्लेटिक्समा १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० सय मिटर, सर्टफुट, लङजम्प र १६ सय मिटर रिलेमा प्रतिस्पर्धा हुनेछ ।

ब्याडमिन्टन र टेबलटेनिसतर्फ पुरुष एकल, पुरुष डबल्स, महिला एकल, महिला डबल्स र मिक्स डबल्स गरी ५/५ इभेन्टमा खेलाडी भिड्नेछन् ।

बास्केटलबल रग्वी र बुद्धिचालको टिम इभेन्टमा खेल हुनेछ । ‘सबै खेलमा छात्र छात्राले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्नेछन्’, उनले भने ।

शर्माले दिएको जानकारी अनुसार सात प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रत्यक प्रदेशबाट ७६ खेलाडीसहित ८ प्रशिक्षक जना र ६ जना व्यवस्थापक गरेर ९० जनाको सहभागिता रहनेछ । कूल ६३० जना सहभागी हुने जनाइएकोे छ ।

विद्यालयस्तरबाट खेलकुदमा जग बसाल्न पहिलो पटक यू–१५ प्रतियोगिता आयोजना गरेको सदस्य सचिव शर्माले बताए । ‘कुनै पनि खेलकुदको जग विद्यालयबाटै प्रारम्भ हुन्छ भन्ने हामी सबैलाई थाहा छ । तर, वर्तमान अवस्थामा विद्यालयस्तरमा प्रतियोगिता जति प्रभावकारी हुनुपथ्र्यो त्यति नभएको हो की ? भन्ने प्रश्न हामीमाझ उभिएकोे छ’, उनले सुनाए ।

बुधबार दिउँसो प्रतियोगिताको उद्घाटन गर्ने तयारी छ । यु–१५ विद्यालय खेलकुद प्रतियोगिता सञ्चालन गर्न एक करोड ८२ लाख रुपैैयाँ बजेट विनियोजन भएको छ । ३२ लाख रुपैयाँ प्रदेश खेलकुद परिषद गण्डकीले व्यहोर्नेछ ।

प्रकाशित मिति २०८१ जेठ २९ गते मंगलबार ०५:५७
हजुरको प्रतिक्रिया