२०८३ असोज २५ गते आइतबार

२० जनालाई रोजगारी दिने व्यवसायीलाई करमा शतप्रतिशत छुट दिने महानगरको घोषणा

२० जनालाई रोजगारी दिने व्यवसायीलाई करमा शतप्रतिशत छुट दिने महानगरको घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ ३२ गते शुक्रबार ०६:५९

आगामी आर्थिक वर्षदेखि काठमाडौं महानगरपालिकाले कम्तीमा २० जनालाई रोजगारी दिने व्यवसायीलाई शुरुका तीन वर्ष व्यवसाय करमा शतप्रतिशत छुटको घोषणा गरेको छ ।

काठमाडौं
आगामी आर्थिक वर्षदेखि काठमाडौं महानगरपालिकाले कम्तीमा २० जनालाई रोजगारी दिने व्यवसायीलाई शुरुका तीन वर्ष व्यवसाय करमा शतप्रतिशत छुटको घोषणा गरेको छ ।

शुक्रवार काठमाडौं महानगरको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख बोलन्द्र शाह (बालेन) ले शतप्रतिशत छुट दिने घोषणा गरेका हुन् ।

उनले काठमाडौं महानगरपालिकाबाट कार्यान्वयन हुने विकास निर्माणसम्बन्धि कार्यक्रममा आवश्यक जनशक्तिमध्ये कम्तिमा ३० प्रतिशत महानगरपालिकाको श्रम बैंकमार्फत आपूर्ति गरिने व्यवस्था मिलाइने बताए ।

महानगर क्षेत्रका सहकारी संस्थाहरुको कारोबारलाई विद्युतीय प्रणालीमा आवद्ध गरी थप व्यवस्थित बनाइने उनको भनाइ छ । मेयर बालेनले सहकारी सूचना केन्द्रको स्थापना गरी वचत संकलन ऋण परिचालन तथा संस्थाको सुशासन कार्यलाई प्रभावकारी बनाइने जानकारी दिए ।

विद्यार्थीको मानसिक तथा शारीरिक विकासका लागि खेलकुदलाई पूर्वप्राथमिक तहदेखि अनिवार्य गरिने उनको भनाइ छ ।

प्रकाशित मिति २०८१ जेठ ३२ गते शुक्रबार ०६:५९
हजुरको प्रतिक्रिया