२०८३ असोज २५ गते आइतबार

टी–२० विश्वकपः नेपालले शनिबार दक्षिण अफ्रिकासँग खेल्दै

टी–२० विश्वकपः नेपालले शनिबार दक्षिण अफ्रिकासँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ ३२ गते शुक्रबार ०८:२९


नेपालले दक्षिण अफ्रिकासँग सिनियर टोलीमा पहिलोपटक खेल्न लागेको हो ।

पोखरा
अमेरिका र वेस्ट इन्डिजमा जारी आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले शनिबार बिहान बलियो राष्ट्र दक्षिण अफ्रिका खेल्दैछ । उक्त खेल वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा नेपाली समयअनुसार शनिबार बिहान सवा ५ बजेदेखि सुरु हुनेछ ।

नेपालले दक्षिण अफ्रिकासँग सिनियर टोलीमा पहिलोपटक खेल्न लागेको हो । विश्वकपमा दक्षिण अफ्रिका समूह ‘डी’बाट सुपर आठमा पुगिसकेको छ ।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित नेपालले वर्षाका कारण श्रीलंकाविरुद्धको खेल हुन सकनेपछि अंक बाँडेको थियो । नेपाललाई सुपर ८ मा स्थान बनाउने सम्भावना जिवितै राख्न यो खेल जित्नै पर्ने दवाब छ

 

प्रकाशित मिति २०८१ जेठ ३२ गते शुक्रबार ०८:२९
हजुरको प्रतिक्रिया