२०८३ साउन २१ गते बिहीबार

टी-२० विश्वकप: नेपालले टस जितेर पहिला फिल्डिङ गर्दैं

टी-२० विश्वकप: नेपालले टस जितेर पहिला फिल्डिङ गर्दैं

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार १ गते शनिबार ०५:२४

पाेखरा । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी- २० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रीकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा दक्षिण अफ्रीकाविरुद्ध नेपालका कप्तान...

पाेखरा ।

अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी- २० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रीकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा दक्षिण अफ्रीकाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

नेपालले दक्षिण अफ्रिकासँग सिनियर टोलीमा पहिलोपटक खेल्न लागेको हो । विश्वकपमा दक्षिण अफ्रिका समूह ‘डी’बाट सुपर आठमा पुगिसकेको छ ।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित नेपालले वर्षाका कारण श्रीलंकाविरुद्धको खेल हुन सकनेपछि अंक बाँडेको थियो । नेपाललाई सुपर ८ मा स्थान बनाउने सम्भावना जिवितै राख्न यो खेल जित्नै पर्ने दवाब छ

प्रकाशित मिति २०८१ असार १ गते शनिबार ०५:२४
हजुरको प्रतिक्रिया