२०८३ साउन २१ गते बिहीबार

टी–२० विश्वकपः दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई पहिलो सफलता

टी–२० विश्वकपः दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई पहिलो सफलता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार १ गते शनिबार ०५:३३

पोखरा टी—२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ । नेपालका दीपेन्द्रसिंह ऐरीले चौथौ ओभरको चौथो बलमा क्विन्टल डि ककलाई क्वाच आउट गरे । नेपालका दीपेन्द्रसिंह ऐरीले चौथौ ओभरको चौथो बलमा क्विन्टल डि ककलाई...

पोखरा
टी—२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ । नेपालका दीपेन्द्रसिंह ऐरीले चौथौ ओभरको चौथो बलमा क्विन्टल डि ककलाई क्वाच आउट गरे ।

नेपालका दीपेन्द्रसिंह ऐरीले चौथौ ओभरको चौथो बलमा क्विन्टल डि ककलाई क्याच आउट गरे । डिकक ११ बलमा १० रन बनाए आउट भए ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा दक्षिण अफ्रीकाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

नेपालले दक्षिण अफ्रिकासँग सिनियर टोलीमा पहिलोपटक खेल्न लागेको हो । विश्वकपमा दक्षिण अफ्रिका समूह ‘डी’बाट सुपर आठमा पुगिसकेको छ ।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित नेपालले वर्षाका कारण श्रीलंकाविरुद्धको खेल हुन सकनेपछि अंक बाँडेको थियो । नेपाललाई सुपर ८ मा स्थान बनाउने सम्भावना जिवितै राख्न यो खेल जित्नै पर्ने दवाब छ

प्रकाशित मिति २०८१ असार १ गते शनिबार ०५:३३
हजुरको प्रतिक्रिया